Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

एसईई नतिजा : माथिल्लो 'ग्रेड' ल्याउने विद्यार्थी बढे

 

  असार २१, २०८० बिहिबार १८:५:२२ | रासस

FacebookTwitterViberEmailPrintFriendlyShare

unn.prixa.net

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा यस वर्षकाे परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।

अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा अहिले नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जीपीए शून्य दशमलव ८० देखि एक दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । विसं २०७८ को परीक्षाको नतिजामा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । 

जीपीए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यस वर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गएकाे वर्ष नौ प्रतिशत थिए । 

जीपीए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यस वर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गएकाे वर्ष २० दशमलव ३० प्रतिशत थिए ।

जीपीए दुईदेखि दुई दशमलव ४० सम्म यस वर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गएकाे वर्ष २३ प्रतिशत थिए ।

जीपीए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यस पटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गएकाे वर्ष १८ दशमलव ३१ प्रतिशत थिए । 

जीपीए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गएकाे वर्ष १४ दशमलव १९ प्रतिशत थिए । 

जीपीए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गएकाे वर्ष आठ दशमलव ४० प्रतिशत थिए ।

जीपीए तीन दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ भने गएकाे वर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए । यस वर्ष 'नन ग्रेडेड' हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । 

परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको नतिजा स्थगन गरिएको बोर्डले जनाएको छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई 'ए प्लस', ८० देखि ९० भन्दा कम ल्याउनेलाई 'ए', ७० देखि ८० भन्दा कम ल्याउनेलाई 'बी प्लस' ग्रेड प्रदान गरिन्छ । त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई 'बी', ५० देखि ६० भन्दा कम ल्याउनेलाई 'सी प्लस', ४० देखि ५० भन्दा कम ल्याउनेलाई 'सी', ३० देखि ४० भन्दा कम ल्याउनेलाई 'डी प्लस', २० देखि ३० ल्याउनेलाई 'डी' र २० भन्दा कम ल्याउनेलाई 'ई' ग्रेड प्रदान गरिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पार्नुभयो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गएकाे वर्षभन्दा यस वर्षको नतिजा सकारात्मक रहेको बताउनुभएको हो । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।

प्रतिक्रिया