Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

एसईई नतिजा : माथिल्लो 'ग्रेड' ल्याउने विद्यार्थी बढे

 

  असार २१, २०८० बिहिबार १८:५:२२ | रासस

FacebookTwitterViberEmailPrintFriendlyShare

unn.prixa.net

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा अघिल्लो वर्षको तुलनामा यस वर्षकाे परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अङ्क) ल्याउने विद्यार्थीको सङ्ख्या सुधारोन्मुख रहेको पाइएको छ । प्रकाशित नतिजाअनुसार तल्लो ग्रेड ल्याउने विद्यार्थी घट्दो र माथिल्लो ग्रेड ल्याउने विद्यार्थी बढ्दो पाइएको हो ।

अघिल्ला वर्षमा कोभिड–१९ का कारण भौतिक माध्यमबाट पढाइ नभएको र विद्यार्थीले पर्याप्त तयारी गर्न नपाएकाले नतिजा कमजोर रहेकामा अहिले नियमित पठनपाठनले त्यसमा सुधार आएको विश्लेषण गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार जीपीए शून्य दशमलव ८० देखि एक दशमलव २० ग्रेड ल्याउने २२ हजार विद्यार्थी अर्थात् शून्य दशमलव ४५ प्रतिशत देखिएका छन् । विसं २०७८ को परीक्षाको नतिजामा यस ग्रेडमा शून्य दशमलव ६६ प्रतिशत विद्यार्थी थिए । 

जीपीए एक दशमलव २० देखि एक दशमलव ६० सम्ममा यस वर्ष ३८ हजार सात सय ७७ अर्थात् सात दशमलव ९९ प्रतिशत विद्यार्थी छन् भने गएकाे वर्ष नौ प्रतिशत थिए । 

जीपीए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यस वर्ष ८८ हजार चार सय ४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी छन् भने गएकाे वर्ष २० दशमलव ३० प्रतिशत थिए ।

जीपीए दुईदेखि दुई दशमलव ४० सम्म यस वर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी छन् भने गएकाे वर्ष २३ प्रतिशत थिए ।

जीपीए दुई दशमलव ४० देखि दुई दशमलव ८० सम्म ल्याउनेमा यस पटक ८९ हजार तीन सय ३१ अर्थात् १८ दशमलव ४२ छन् भने गएकाे वर्ष १८ दशमलव ३१ प्रतिशत थिए । 

जीपीए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी छन् भने गएकाे वर्ष १४ दशमलव १९ प्रतिशत थिए । 

जीपीए तीन दशमलव २० देखि तीन दशमलव ६० ग्रेड ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत छन् भने गएकाे वर्ष आठ दशमलव ४० प्रतिशत थिए ।

जीपीए तीन दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या यस वर्ष २२ हजार चार सय ७५ अर्थात् चार दशमलव ६३ प्रतिशत छ भने गएकाे वर्ष एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए । यस वर्ष 'नन ग्रेडेड' हुनेमा १३ हजार नौ सय ९२ अर्थात् दुई दशमलव ८९ प्रतिशत विद्यार्थी छन् । 

परीक्षामा चार लाख ८४ हजार नौ सय ३९ नौ विद्यार्थी रहेकामा चार सय ३१ जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई सय ९० विद्यार्थीको नतिजा स्थगन गरिएको बोर्डले जनाएको छ ।

विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत ल्याउनेलाई 'ए प्लस', ८० देखि ९० भन्दा कम ल्याउनेलाई 'ए', ७० देखि ८० भन्दा कम ल्याउनेलाई 'बी प्लस' ग्रेड प्रदान गरिन्छ । त्यस्तै ६० देखि ७० भन्दा कम ल्याउनेलाई 'बी', ५० देखि ६० भन्दा कम ल्याउनेलाई 'सी प्लस', ४० देखि ५० भन्दा कम ल्याउनेलाई 'सी', ३० देखि ४० भन्दा कम ल्याउनेलाई 'डी प्लस', २० देखि ३० ल्याउनेलाई 'डी' र २० भन्दा कम ल्याउनेलाई 'ई' ग्रेड प्रदान गरिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीको सुधार र कक्षाकोठाको वातावरणमा सुधार आएमा नतिजामा सुधार आउने भन्दै समग्र नतिजाको मूल्याकङ्कनबारे विस्तृत अध्ययनपछि के आधारमा सुधार आयो भन्न सकिने बताउनुभयो । उहाँले सामुदायिक र संस्थागत विद्यालयका आधारमा नतिजालाई तुलना गरेर विद्यार्थीबीच विभेद सिर्जना नगरिने स्पष्ट पार्नुभयो ।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले समग्रमा गएकाे वर्षभन्दा यस वर्षको नतिजा सकारात्मक रहेको बताउनुभएको हो । अक्षराकङ्न पद्धतिमा नतिजा प्रकाशन गर्दै आएको बोर्डले विषयगत र प्रदेशगत नतिजा पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । बोर्डले मौका परीक्षा साउन महिनाको अन्तिममा सञ्चालन गर्नेछ ।

प्रतिक्रिया

ट्रेन्डिङ