Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज पनि बोलाइएको छ। 

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी आज अपरान्ह तीन बजेसम्मलाई स्थगित भएको छ।  त्यस्तै एमालेको अवरोधले राष्ट्रिय सभा बैठक विहान ११ बजेर १ मिनेटसम्मका लागि स्थगित भएको छ।

यसअघि, हिजो दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेसम्मका लागि सारेका थिए।

प्रधानमन्त्री दाहालले केही दिनअघि नेपालमा भारतको चाहनामा मात्र सरकार बन्ने आशयको अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एक सुत्रिए मागसहित बैठक अवरोध गरिरहेको छ। 

बैठक चलाउने सहमति जुटाउन भन्दै हिजो प्रधानमन्त्री, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री बोल्ने र बैठक चलाउने सहमति तीन नेताबीच भएको थियो । तर, अन्तिम समयमा आएर बैठक सारिएको थियो।

आजको बैठक चल्न नदिने एमालेले अडान कायमै राखेको छ। एमाले  अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर सचिवालयले जारी गरेको विज्ञप्ति र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत सार्वजनिक गरेको विषयलाई लिएर प्रश्न उठाएपछि सहमति भाँडिएको सरकार पक्षको भनाइ छ। सिंहदरबारमा तीन दलबीच भएको सहमति सत्तारुढ दलभित्रकै बेमेलका कारण तोडिएको एमालेको दाबी छ।

प्रधानमन्त्री दाहालको सचिवालयले असार २१ गते जारी गरेको विज्ञप्तिमा मिटर ब्याज पीडितलाई सम्बोधन गर्न ल्याइएको अध्यादेश र सरकारले गरेको सुशासनका काममा एमालेले अवरोध पुर्याएको उल्लेख थियो। 

एमाले अध्यक्ष ओलीले यसबारे पनि प्रधानमन्त्रीले संसदमा प्रष्ट पार्न आग्रह गरेका थिए। यही विषयमा कुरा नमिलेपछि संसद बैठक स्थगित गरिएको नेताहरुको भनाइ छ। प्रमुख प्रतपक्षी एमालेले मंगलबारदेखि प्रधानमन्त्रीको राजीनामाको एक सुत्रीय माग राखेर संसद अवरुद्ध पार्दै आएको थियो।

प्रतिक्रिया