ताजा अपडेट
मेल्लेख गाउँपालिकामा औद्योगिक ग्राम सञ्चालन
अछामः अछामको मेल्लेख गाउँपालिकामा औद्योगिक ग्राम सञ्चालनमा आएको छ। गाउँपालिकाले स्थापना गरेको ग्राममा छ वटा उद्योग सञ्चालनमा आएका हुन् । सञ्चालनमा उद्यमीलाई तालिमसँगै उत्पादनको बजारीकरण सुरु गरेको छ। ग्राममा अल्लो, गार्मेन्ट, चिप्स उद्योग, अचार, दालमोट, सिस्नोको धुलो उद्योग स्थापना भई उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ। ती उद्योगबाट २१ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ग्रामभित्र उद्योग सञ्चालन गरी उद्यमीलाई तालिम सुरु गरेको गाउँपालिकाले जनाएको हो । सरकारले चार वर्षअगाडि औद्योगिक ग्राम घोषणा गरे पनि हालसम्म अछामको मेल्लेख गाउँपालिकाले मात्र ग्राम स्थापना गरी सञ्चालनमा ल्याएको छ। अन्य ठाउँमा भने ग्राम निर्माणकै क्रममा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सरकारले मुलुकभर विभिन्न ठाउँमा १२० औद्योगिक ग्राम घोषणा गरेको छ । चालु आवमा १५ वटा ग्राम घोषणा गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया