ताजा अपडेट
मेल्लेख गाउँपालिकामा औद्योगिक ग्राम सञ्चालन
अछामः अछामको मेल्लेख गाउँपालिकामा औद्योगिक ग्राम सञ्चालनमा आएको छ। गाउँपालिकाले स्थापना गरेको ग्राममा छ वटा उद्योग सञ्चालनमा आएका हुन् । सञ्चालनमा उद्यमीलाई तालिमसँगै उत्पादनको बजारीकरण सुरु गरेको छ। ग्राममा अल्लो, गार्मेन्ट, चिप्स उद्योग, अचार, दालमोट, सिस्नोको धुलो उद्योग स्थापना भई उत्पादन सुरु गरिएको गाउँपालिकाले जनाएको छ। ती उद्योगबाट २१ जनाले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ । ग्रामभित्र उद्योग सञ्चालन गरी उद्यमीलाई तालिम सुरु गरेको गाउँपालिकाले जनाएको हो । सरकारले चार वर्षअगाडि औद्योगिक ग्राम घोषणा गरे पनि हालसम्म अछामको मेल्लेख गाउँपालिकाले मात्र ग्राम स्थापना गरी सञ्चालनमा ल्याएको छ। अन्य ठाउँमा भने ग्राम निर्माणकै क्रममा रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सरकारले मुलुकभर विभिन्न ठाउँमा १२० औद्योगिक ग्राम घोषणा गरेको छ । चालु आवमा १५ वटा ग्राम घोषणा गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया