Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २८ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

आजदेखि बजेटमाथिको छलफल अघि बढ्दै

आजदेखि बजेटमाथिको छलफल अघि बढ्दै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल आजदेखि शुरु हुने भएको छ ।

मंगलबार तीन बजे बस्ने प्रदेश सभा दोस्रो अधिवेशनको १६ औंं बैठकमा बजेटमाथिको छलफल अघि बढाइन लागेको हो ।
प्रदेशका सभामुख भीमबहादुर भण्डारीले आज तीन बजे प्रदेश सभा बैठक आह्वान गरिएको जानकारी दिए । उनले भने –‘प्रदेश सभा बैठक ३ बजे बस्दै छ । बजेटमाथिको छलफल अघि बढाइने कार्यसूचि रहेको छ ।’

प्रदेश सरकारले ल्याएको बजेटमाथि सत्तापक्ष दल तथा प्रतिपक्षी दलहरुको असन्तुष्टि रहेको छ । नेपाली काँग्रेसबाट मुख्यमन्त्री रहेका कमलबहादुर शाहको नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्री नेकपा एकीकृत समाजवादी पार्टीका नरेश बहादुर शाही रहेका छन् । तर, उनकै दलले बजेटमाथि असन्तुष्टि व्यक्त गरिरहेका छन् । संसदीय दलका नेता दीर्घबहादुर सोडारीले बजेटमाथि सरकारसंग कुनै पनि सहमति नभएको बताए । उनले सोमबार राती अवेरसम्म छलफल भएपनि बैठक अनिर्णित बनेको बताए ।

प्रदेशका मुख्यमन्त्री शाहले सत्तापक्ष दलहरुलाई सहमतिमा ल्याउन छुट्टाछुट्टै तथा सामुहिक छलफल गरिरहेका छन् । 
 

प्रतिक्रिया