Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राप्रपा सांसद विष्टको गुनासो- हामी वडामा बहिस्कृत छौं मन्त्रीज्यू ! यसको जिम्मा कसले लिने ?

राप्रपा सांसद विष्टको गुनासो- हामी वडामा बहिस्कृत छौं मन्त्रीज्यू ! यसको जिम्मा कसले लिने ?

धत्रनगढी । सुदूरपश्चिम सरकारले ल्याएको बजेटको छलफलका क्रममा राप्रपा सांसद खेमादेवी बिष्टले आफू वडामा बहिस्कृत भइसकेको गुनासो गरेकी छन् ।

आफूले बुझाएका योजनाहरू बजेटमा नआएपछि विगत २५ दिनदेखि घर बाहिर निस्कन नसक्ने अवस्था रहेको उनको गुनासो थियो ।

‘हामी त्रासपूर्ण वातावरणमा बसिरहेका छौं । हिजो २५ गते बाहिर निस्केका छौं । बाहिर निस्किने वातावरण छैन । हामीलाई नगरसभामा बहिस्कार गरिएको छ । वडामा बहिस्कार गरिएको छ । हाम्रो क्षेत्रमा हिँड्ने अनुमति छैन । हामी कहाँ जाने रु यो २६ गतेसम्म घरमा मात्रै बसेको छु’, उनको भनाइ थियो, ‘हामीलाई त्रासपूर्ण वातावरणमा बस्न बाध्य पारियो । मन्त्रीज्यू, यसको जिम्मा कसले लिने ?’

आफूहरूले प्रत्यक्ष जनताका सरोकारका योजना उपलब्ध गराउँदा पनि सरकारले सम्बोधन नगरेको विष्टको गुनासो थियो । मेयरको तोक लगाएर जिल्ला समन्वय समितिमार्फत पठाएको र आफ्नै लेटर प्याडमा लेखेका योजनाहरू नपरेको भन्दै उनले आक्रोश पोखिन् ।

‘खुट्टामात्रै ढोग्न बाँकी राखेका थियौं । त्यसरी योजना पेस गर्‍यौं । तर, एउटा पनि योजना परेन । भौतिक मन्त्रालयमा ४४ वटा योजना पठाएको थिएँ । एउटा पनि परेन । अरूबाट पनि परेन’, उनले गुनासो गरिन् ।

५ करोड आवश्यक पर्ने सडकमा ५ लाख उपलब्ध गराएको भन्दै उनले शीर्षक संशोधन गर्न माग गरिन् ।

प्रदेश सांसद बिष्टले बजेट पूर्ण रुपमा संशोधन गर्न पनि माग गरिन् । बजेट संशोधन नभए पास हुन नदिने उनले चेतावनी दिइन् ।

प्रतिक्रिया

ट्रेन्डिङ