Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

महाकालीको पानी सुनबरा नदीमा

महाकालीको पानी सुनबरा नदीमा

महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको मूलनहरमा बगिरहेको महाकाली नदीको पानी शुक्लाफाँटा नगरपालिकास्थित सुनबरा नदीमा छाडिएको छ ।
 
डेढ दशकको अवधिमा यहाँ तेस्रो चरणअन्तर्गत शुक्लाफाँटा नगरपालिका–१० फुलेलीसम्म २८ किलोमिटर मूलनहर तयार भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जीनीयर शम्भू पण्डितले चार दिनयता नहरमा पानी परीक्षणका रुपमा छाडिएको बताए ।
 
“फुलेलीबाट महाकाली नदीको पानी सुनबरा नदीमा छाडेका छौँ”, उनले भने, “भारतीय पक्षसित परीक्षणका लागि सात दिन पानी दिने सहमति भएको छ ।” उनले मूलनहरमा अहिले तीनदेखि चार क्युसेक पानी बगिरहेको बताए। 
 
“मूलनहरमा नियमित छाड्न पहल भए पनि शाखा नहर तयार भइनसकेकाले भारतले पानी दिन आनाकानी गर्दैआएको छ”, पण्डितले भने– “यहाँ अहिले २० र २१ नम्बर शाखा नहर निर्माण भएको छ । मूलनहर अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको करिब तीन किलोमिटर क्षेत्रमा नहरमा दलदलको समस्या छ ।”
 
पानी परीक्षणका लागि छाड्दा दलदल भएको क्षेत्रको सफाइ गर्न पनि सहज भएको छ । नहर सफा गर्न अझै केही दिन पानी छाड्न भारतीय पक्षसित आग्रह गरिने उनले बताए । महाकाली सन्धिको २८ वर्षपछि ब्रह्मदेव क्षेत्रबाट महाकालीको पानी २८ किलोमिटर पूर्व शुक्लाफाँटा नगरपालिकासम्म पु¥याइएको छ ।
 
गत वर्ष धान दिवसका दिन २२ किलोमिटर मूलनहरसम्म महाकाली नदीको पानी पु¥याइएको थियो । आयोजनाअन्तर्गत अहिले २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालदेखि थालिएको मूलनहर निर्माणको थप काम अगाडि बढाउन प्रयास भइरहेको छ ।
 
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति पाउन ढिलाइ, बजेट अभावलगायत समस्या थियो । यहाँ रु एक अर्ब बढीको लागतमा २२ शाखा नहर निर्माणको काम अघि बढेको छ । यसैगरी शुक्लाफाँटाको फुलेलीदेखि २० किलोमिटर मूलनहर निर्माणको प्रक्रिया पनि अघि बढाइएको पण्डितले बताए।  

प्रतिक्रिया