Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

धनगढीका मुख्य र सहायक सडक जलमग्न

धनगढीका मुख्य र सहायक सडक जलमग्न

मोहन पनेरु / धनगढी । बुधबार सामान्य वर्षा हुँदा धनगढीका मुख्य तथा सहायक सडकहरु जलमग्न बनेका छन् । सामान्यतय धनगढीको एलएन चोक, मिलनचोक, बिशालनगर, शिवनगर, राजपुर, हसनपुर, कैलाली गाउँ, मालिका टोल, कृष्णनगर, सरस्वती टोल र पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्ती लगायत अन्य क्षेत्रहरुमा समान्य पानी पर्दा जलमग्न हुने गर्दछ । 

सामान्य वर्षा हुँदा समेत जलमग्नको समस्या व्यहोर्नु परेको धनगढी उपमहानगरपालिका–२ का स्थानीयवासी हरिश चन्द्र शाहीले बताए । उनले भने ‘अव्यवस्थित तथा पुराना नालीका कारण अलि बढी पानी परेपछि झन निकासा हुन नसकेर हरेक वर्ष बर्सातमा यस्तो अवस्था सिर्जना हुने गरेको छ ।’

वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्ने अवस्थासम्म नभएको र पानी निकासा नहुँदा तथा जमाना देखिका खोला, नालाहरु अतिक्रमण तथा कतिपये ढलको व्यवस्थापन नभई अक्सर डुबानमा पर्ने गरेको शाहीले बताए । डुबान बाट सुरक्षित रहन सर्वप्रथम पानी निकास हुने नाला, ढलहरुको उचित व्यवस्थापन हुन जरुरी रहेको शाहीको भनाइ छ । 

धनगढी उपमहानगरपालिका–३ का अध्यक्ष राजबहादुर ऐरले सोही वडाको गुरुद्वारादेखि मिलनचोकसम्मको बेल्ट हरेक वर्ष बर्सातका समयमा जलमग्न हुने गरेको बताए । उनले वडामा आएको बजेटले समस्याको समाधान गर्न सम्भव नभएकाले प्रत्येक वर्ष निरन्तर रुपमा प्रदेश, स्थानीय र सङ्घीय सरकारलाई वडाको ढल निकासका लागि योजना बनाई पठाएको तर त्यो कार्यान्वयन हुन नसकेको बताए । तर यस बर्षको बजेटमा भने थेरै भए पनि बजेट आएको तर यस आर्थिक बर्षमा काम गर्न नसकिने अध्यक्ष ऐरले बताए । उक्त बजेटको काम अगामी साउन भदौ तिर मात्रै हुने बताए । 

निरन्तर वर्षा भए पछि बजार आसपासका बस्ती मात्रै नभई बजारका मूल सडक समेत जलमग्न हुने गर्दछन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या हुने गर्दछ ।

गत बर्षको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्ती जलमग्न हुनाका साथै दर्जनौँ बढी घर तथा पसल डुबानमा परेको थिए ।

उपमहानगरपालिकाका नगर प्रहरीहरुलाई बाढी डुवानमा खोज उद्दार तालिम दिएको विपत व्यवस्थापन शाखाका प्रमुख दिपक भण्डारीले बताए  । 

उपमहानगरपालिकाले जल उत्पन्न प्राकृतिक प्रकोपको जोखिममा परेकालाई  उद्दार गर्न २५ जना नगर प्रहरीलाई परिचालन गर्न खोज उद्दार प्रशिक्षण दिएको भण्डारीले बताए ।

प्राकृतिक विपत जुनसुकै बेला आइपर्ने भएकाले जनधनको क्षति हुनबाट जोगाउन विपत कार्ययोजना बनाई सोही अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । ‘अब नगर प्रहरीलाई पनि बाढी र डुवानमा परेकाहरुको उद्दारका लागि तयारी अवस्थामा राखिने छ’ उनले भने ‘नगरमा रहेका सबै २५ जना नगरप्रहरीलाई हामीले तालिम दिएका छौ ।’
 

प्रतिक्रिया