Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार सम्बन्धी गोष्ठी साँफेबगरमा सम्पन्न

जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार सम्बन्धी गोष्ठी साँफेबगरमा सम्पन्न

जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा भएको कानुनी व्यवस्था र सवाल सम्बन्धि नागरिक समाज , स्थानीय संघसंस्था र धार्मिक नेताहरुका बीच १ दिने गोष्ठी साँफेबगरमा सम्पन्न भएको छ ।

शान्तिका लागि अन्तर धार्मिक संजाल महासंघ नेपालको सहयोग र सशक्तीकरणका क्षेत्रमा युवाहरु (एस–नेपाल)को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । यस्ता कार्यक्रमहरु समुदाय स्तर र व्यक्तिगत मानव जीवनका लागि महत्वपूर्ण रहेको र अब संचालन गरिने यस्ता कार्यक्रमहरु शहर केन्द्रित मात्र नभएर गाउँवस्तीमा पनि संचालन गर्नु पर्नेमा सहभागीहरुको सुझाव रहेको छ । धार्मिक सामाजिक र सांस्कृतिक रुपमा विभाजित भएको समाजलाई एक ठाउँमा ल्याएर अगाडी बढाउने खालको जमर्को गरि रहेकोमा सहभागीहरुले एस नेपाललाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
एस नेपालका कार्य समिति सदस्य ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको गोष्ठीमा जनप्रतिनिधि नारायण उपाध्याय, भुपेन्द्र महता साँफे एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर लगायत साँफेबगर नगरपालिका भित्र रहेका विभिन्न धर्मका धर्म गुरु र धर्म प्रति आस्थावान व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
एस नेपालका अध्यक्ष तेजराज उपाध्यायले सहजीकरण गर्नु भएको गोष्ठीको संचालन कार्यक्रम संयोजक गोरख महताले गर्नु भएको थियो ।

प्रतिक्रिया