ताजा अपडेट
जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार सम्बन्धी गोष्ठी साँफेबगरमा सम्पन्न
जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार अन्तर्राष्ट्रिय सन्धि र सम्झौतामा भएको कानुनी व्यवस्था र सवाल सम्बन्धि नागरिक समाज , स्थानीय संघसंस्था र धार्मिक नेताहरुका बीच १ दिने गोष्ठी साँफेबगरमा सम्पन्न भएको छ ।
शान्तिका लागि अन्तर धार्मिक संजाल महासंघ नेपालको सहयोग र सशक्तीकरणका क्षेत्रमा युवाहरु (एस–नेपाल)को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । यस्ता कार्यक्रमहरु समुदाय स्तर र व्यक्तिगत मानव जीवनका लागि महत्वपूर्ण रहेको र अब संचालन गरिने यस्ता कार्यक्रमहरु शहर केन्द्रित मात्र नभएर गाउँवस्तीमा पनि संचालन गर्नु पर्नेमा सहभागीहरुको सुझाव रहेको छ । धार्मिक सामाजिक र सांस्कृतिक रुपमा विभाजित भएको समाजलाई एक ठाउँमा ल्याएर अगाडी बढाउने खालको जमर्को गरि रहेकोमा सहभागीहरुले एस नेपाललाई धन्यवाद समेत व्यक्त गरेका छन् ।
एस नेपालका कार्य समिति सदस्य ढकेन्द्र कुँवरको अध्यक्षतामा भएको गोष्ठीमा जनप्रतिनिधि नारायण उपाध्याय, भुपेन्द्र महता साँफे एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर लगायत साँफेबगर नगरपालिका भित्र रहेका विभिन्न धर्मका धर्म गुरु र धर्म प्रति आस्थावान व्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
एस नेपालका अध्यक्ष तेजराज उपाध्यायले सहजीकरण गर्नु भएको गोष्ठीको संचालन कार्यक्रम संयोजक गोरख महताले गर्नु भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया