ताजा अपडेट
डोटी बस दु'र्घट'ना'का' मृ'त'क' तीन जनाको सनाखत, ७ जना गम्भीर
बुधवार बिहान ५ः३० बजे डोटीको पूर्वीचौकी गाउँपालिका-१ खिरसैन, तल्लो फुलोटमा भएको बस दु'र्घ'ट'ना'मा' परी मृ'त्यु' भएकाहरुको सनाखत भएको छ ।
मृ'त्यु' हुनेमा मंगलसैन नगरपालिका-७ अछामकी ५५ वर्षीया धनी शाही, बान्नीगढी जयगढ गाउँपालिका-३ का ६० वर्षीय पदम साउँद र चौरपाटी गाउँपालिका-४ घर भई बसका सहचालक टिकाराम बिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।
दु'र्घट'ना'मा' परी कैलाली जिल्ला, गोदावरी नगरपालिका-२ अत्तरिया घर भएका बसका चालक हेमबहादुर खत्रीसहित ३४ जना घाइते भएका छन् । घा'इ'ते'हरुको डोटी जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घा'इ'ते'हरुमध्ये १२ जना गम्भीर भएको अस्पतालले जनाएको छ । उनीहरुमध्ये सात जनालाई अन्यत्र रिफर गर्नु पर्ने अवस्था रहेको अस्पतालका चिकित्सक डा प्रमोद भट्टले जानकारी दिए ।
डा भट्टका अनुसार दुईजनाको टाउकोमा चोट लागेको, एकजनाको छातीमा चोट लागेको र चारजना हड्डी भाँचिएको छ । ‘हामी जाँच गर्दैछौं, अन्यलाई पनि रिफर गर्नु पर्ने हुन सक्छ,’ डा भट्टले भने, ‘अहिलेलाई सात जना रिफर गर्नु पर्ने देखिन्छ ।’
भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गईरहेको ना६ख २५२९ नं. को बस बुधबार बिहान करिब ५.३० बजे तल्लो फुलोट भन्ने ठाउँमा दु'र्घ'ट'ना' भएको थियो ।
बस सडकबाट करिब एक सय मिटर तल गएको प्रहरीले जनाएको छ । चालक प्रहरी नि'य'न्त्र'ण'मा' रहेको र घ'ट'ना' वारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए ।
चालकको लापरबाहीका कारण दु'र्घट'ना' भएको यात्रुहरुले आरोप लगाएका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया