Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दार्चुला : नरसिंह विष्टकाे हत्यामा संलग्नलाई जन्मकैद

दार्चुला : नरसिंह विष्टकाे हत्यामा संलग्नलाई जन्मकैद

दार्चुला – जिल्ला अदालत दार्चुलाले व्यास गाउँपालिका–४ डाेकटका नरसिंह विष्टकाे हत्यामा संलग्न एक जनालाई जन्मकैदकाे फैसला गरेकाे छ ।

विष्टकाे हत्यामा संलग्न भएकाे पुष्टि गर्दै साेमवार अदालतका न्यायाधीश खेमराज भट्टको एकल इजलासले व्यास–४ डोकटकै २५ वर्षीय दीपक विष्टलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार कोशलेश्वर ज्ञवालीले जानकारी दिनुभयाे । यही घटनामा संलग्न रहेका अन्य चार जनालाई अदालतले सफाइ दिएको छ । सफाइ पाउनेमा व्यास–४ का पूर्व वडाध्यक्ष सग्रामसिंह विष्ट, झुनसिंह विष्ट, प्रेमसिंह विष्ट र मोहनसिंह विष्ट रहेका स्रेस्तेदार ज्ञवालीले बताउनुभयो ।

जन्मकैद फैसला सुनाइएका दीपकलाई प्रहरीले गएकाे मङ्सिर ११ गते पक्राउ परेको थियो । गएकाे मङ्सिर ३ गते राति १० बजेतिर गाउँपालिका–४ डोबकाे दार्चुला–तिङ्कर सडक खण्डमा नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेको दीपकले प्रहरीसमक्ष स्वीकार गरेका थिए । दुवै जनाले जाँड–रक्सी खाएकाे अवस्थामा भेट हुँदा विवाद भएकोमा दीपकले नरसिंहको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरेका खुलेकाे थियाे ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका नरसिंह विष्ट मङ्सिर ४ गते बेलुकी मृत अवस्थामा भेटिनुभएकाे थियाे । उहाँकाे शरीरमा चोटपटक लागेको अवस्थामा स्थानीयले शव फेला परेका थिए । जिल्ला सदरमुकाम खलङ्गाको महाकाली नगरपालिका–४ मा होटल चलाउँदै आएका विष्ट प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदान गर्न मङ्सिर २ गते खलङ्गाबाट घर जानुभएकाे थियाे ।

प्रतिक्रिया

ट्रेन्डिङ