Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आर्थिकमन्त्रीलाई सांसद खड्काको प्रश्न – तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो ?

आर्थिकमन्त्रीलाई सांसद खड्काको प्रश्न – तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो ?

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि १० करोड बजेट हालेको भन्दै आफ्नै सांसदसँग झुट बोलेको खुलेको छ ।

मुख्यमन्त्री शाहले बयालपाटा अस्पतालका लागि बजेट हालिएको भन्दै कांग्रेसका प्रदेश महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्कासँग झुट बोलेको खुलेको हो ।

बिहीबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा खड्काले शाहले झुट बोलेको खुलासा गरेका हुन् । ‘बजेट भाषण सकिएपछि प्रदेशसभा बाहिर मुख्यमत्रीलाई मैले बयालपाटा अस्पतालका लागि बजेट परेन ? भनेर सोधे । उहाँले १० करोड विनियोजन गरिएको छ भन्नुभयो,’ खड्काले भने, ‘रातो किताब आउँदा थाहा भयो बजेट छैन ।’

उनले प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपकरण खरिदका लागि ५० लाख बजेट छुट्याइएको बताए । प्रदेश सरकारले बयलपाटा अस्पतालका लागि पहिलो वर्ष ७ करोड, दोस्रो वर्ष ८ करोड र तेस्रो वर्ष ९ करोड बजेट विनियोजन गरेको स्मरण गर्दै अहिलेको सरकारले वेवास्ता गरेको गुनासो गरे ।

यस्तै आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीलाई तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो भन्दै प्रदेशससभा सदस्य खड्काले प्रश्न गरेका छन् ।

उनले भने, ‘आर्थिक मामिलामन्त्री ज्यू, तपाईंले पटक पटक नयाँ डिपार्चरको कुरा गर्नु भयो । तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो ? तपाईंलाई सम्झना छकि छैन तपाईका ३ ४ वटा गाडी दैनिक विरामी बोकेर बयालपाटा हस्पिटलमा आउँछन् उपचारका लागि । जनताले स्वास्थ्यको पनि सुविधा पनि प्राप्त गरेको छ । सँगसँगै त्यहाँका यातायात व्यवसायीको रोजीरोटी पनि चलेको छ । के यही हो नयाँ डिपार्चर ?’

उनले आर्थिकमन्त्रीको नयाँ डिपार्चर धम्कनेमा सुरुङ मार्ग भएको भन्दै कटाक्ष गरे ।

प्रतिक्रिया

ट्रेन्डिङ