Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माउदा शिशुको ज्यान गयो

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माउदा  शिशुको ज्यान गयो

अछामको पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडा की २३ बर्षीय सुर्जा बिकले बाटोमै बच्चा जन्माएकी छन । असार २६ गते राति सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लिन स्टेचर नपाएपछि हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल जादै गर्दा बाटैमा बच्चा जन्माएकी हुन ।

व्यथा लागेपछि बिहान २ बजे हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल राकम जाने क्रममा सुत्केरी व्यथा लागेकी उनि हिड्दै गर्दा बाटैमा बच्चा जन्माएकी उनले छोरालाई भने बचाउन सकिनन् ।बाटैमा बच्चा जन्माएपछि आफुलाई बिहान ४ बजे आफन्तहरु बोलाउन आएका र साढे ४ बजे आफु सुत्केरी भएको ठाउँमा पुगेकी दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पतालमा कार्यरत सी अनमी रनि देबि बोहराले बताईन ।
आफु सुत्केरी भएको ठाउँमा पुग्दा सम्म बच्चाको मुत्यु भईसकेको थियो ,समयमै अस्पताल पुर्याएको भए बच्चालाई बचाउन सकीने थियो,अनमी बोहराले भनिन्। व्यथा लागेपछि स्टेचर खोजेको तर गाउँमा रहेको स्टेचर भाचिएको एम्बुलेन्स खोज्दा एम्बुलेन्स समेत नपाईएको सुत्केरी सुर्जा बिकले बताईन। सुर्जा भन्छन मैले र मेरो बच्चाले बिनाकारण सजाय पायौं ,अरुले नपाउन ।

यता पञ्चदेवल बिनायक नगरपालिका स्वास्थ्य संयोजक जनक बहादुर बुढाले कुजेडामा ४ ओटा स्टेचर नगरले दिएको परिवार गाउमै रहेकी स्वास्थ स्वयम सेविकालाइै समेत जानकारी नगराई हिडेर अस्पताल गएकी बताए ।आफ्नै नगरको स्वास्थ्य संस्था जान टाढा हुने हुदाँ पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडाका नागरिक स्वास्थ्य सेवा देखि अन्य काममा लागी दैलेखको आठबिस नगरपालीका ४ जाने गर्छन ।

प्रतिक्रिया

ट्रेन्डिङ