Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माउदा शिशुको ज्यान गयो

अछाममा एक महिलाले बाटोमै बच्चा जन्माउदा  शिशुको ज्यान गयो

अछामको पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडा की २३ बर्षीय सुर्जा बिकले बाटोमै बच्चा जन्माएकी छन । असार २६ गते राति सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लिन स्टेचर नपाएपछि हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल जादै गर्दा बाटैमा बच्चा जन्माएकी हुन ।

व्यथा लागेपछि बिहान २ बजे हिडेर दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पताल राकम जाने क्रममा सुत्केरी व्यथा लागेकी उनि हिड्दै गर्दा बाटैमा बच्चा जन्माएकी उनले छोरालाई भने बचाउन सकिनन् ।बाटैमा बच्चा जन्माएपछि आफुलाई बिहान ४ बजे आफन्तहरु बोलाउन आएका र साढे ४ बजे आफु सुत्केरी भएको ठाउँमा पुगेकी दैलेखको आठबिस नगरपालीका ४ को आधारभुत अस्पतालमा कार्यरत सी अनमी रनि देबि बोहराले बताईन ।
आफु सुत्केरी भएको ठाउँमा पुग्दा सम्म बच्चाको मुत्यु भईसकेको थियो ,समयमै अस्पताल पुर्याएको भए बच्चालाई बचाउन सकीने थियो,अनमी बोहराले भनिन्। व्यथा लागेपछि स्टेचर खोजेको तर गाउँमा रहेको स्टेचर भाचिएको एम्बुलेन्स खोज्दा एम्बुलेन्स समेत नपाईएको सुत्केरी सुर्जा बिकले बताईन। सुर्जा भन्छन मैले र मेरो बच्चाले बिनाकारण सजाय पायौं ,अरुले नपाउन ।

यता पञ्चदेवल बिनायक नगरपालिका स्वास्थ्य संयोजक जनक बहादुर बुढाले कुजेडामा ४ ओटा स्टेचर नगरले दिएको परिवार गाउमै रहेकी स्वास्थ स्वयम सेविकालाइै समेत जानकारी नगराई हिडेर अस्पताल गएकी बताए ।आफ्नै नगरको स्वास्थ्य संस्था जान टाढा हुने हुदाँ पञ्चदेवल बिनायक नगरपालीका ४ कुजेडाका नागरिक स्वास्थ्य सेवा देखि अन्य काममा लागी दैलेखको आठबिस नगरपालीका ४ जाने गर्छन ।

प्रतिक्रिया