ताजा अपडेट
बैतडीमा बाजेको कुटाइले दुई वर्षीय नातिको मृत्यु, अर्का एक गम्भीर घाइते
बैतडी : बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ६ मुडेलीधारमा बाजेले कुट्दा दुई वर्षीय नातिको मृत्यु भएको छ।
बाजे ५० वर्षीय गणेश साउँदको कुटाइबाट दीपक साउँदका छोरा दुई वर्षीय रेशम मृत्यु बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। गणेशकै कुटाइबाट अर्का नाति ८ वर्षीय रिजन गम्भीर घाइते भएका छन्।
गम्भीर घाइते रिजनको नवजीवन अस्पताल धनगढीमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।
बिहीबार रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला गणेशले उनीहरूमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा शुक्रबा बिहान मृत्यु भएको हो।
बालकको हत्या गर्ने गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। गणेश मानसिक बिरामी रहेका पारिवारले जनाएको छ।
रिजन र रेशमका बुबा दीपक कामको सिलसिलामा धनगढीमा छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया