Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बजेटमाथिको छलफल जारी, अर्को बैठक भोली बिहान

बजेटमाथिको छलफल जारी, अर्को बैठक भोली बिहान

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहेको छ । यहि चैत २६ गते शुरु भएको प्रदेशको बजेटमाथिको छलफल जारी रहेको हो ।

छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षी दलहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि असन्तुष्ट व्यक्त गरिरहेका छन् । शुक्रबार बसेको बजेटमाथिको छलफलमा भाग लिएका सत्तापक्ष तथा प्रतिपक्षी दलहरुले बजेटले समग्र प्रदेश विकास ठोस योजना दिन नसकेको, टुक्रे योजना बढी हालेको, पहुँचका आधारमा योजनाहरु बनाइएको लगायतका टिप्पणी गरिएका थिए ।

शुक्रबार बसेको बैठकमा नेकपा एमालेका प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल, हिरा सार्की, निर्मला देवी साउद, सन्तोषकुमारी शर्मा थापा, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, मधु भारती, नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल, ओमविक्रम भाट (सरल), नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी, टीका थापा,  नेकपा एकीकृत समाजवादी पार्टीकी माया पन्त लगायतले छलफलमा भाग लिएका थिए ।

नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य भारतीले धारणा व्यक्त गरेपछि सभामुख भीमबहादुर भण्डारीले नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य गिता कुमारी चौधरीको बजेटमाथिको छलफलमा भाग लिने कार्यसूचि रहेको जानकारी दिए । उनले भने –‘माननिय गिता कुमारी चौधरीको सम्बोधनको कार्यसूचि रहेको छ । उहाँलाई सभामा नदेखेको हुँदा बजेटमाथिको छलफल आजलाई यहि स्थगित गरिने छ ।’

सभामुख भण्डारीले बजेटमाथिको छलफलका लागि शनिबार विहान साढे ८ बजे बस्ने सभामा जानकारी दिए ।
 

प्रतिक्रिया