Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बजेटमाथिको छलफल जारी, अर्को बैठक भोली बिहान

बजेटमाथिको छलफल जारी, अर्को बैठक भोली बिहान

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहेको छ । यहि चैत २६ गते शुरु भएको प्रदेशको बजेटमाथिको छलफल जारी रहेको हो ।

छलफलमा भाग लिएका सत्तापक्ष र प्रतिपक्षी दलहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि असन्तुष्ट व्यक्त गरिरहेका छन् । शुक्रबार बसेको बजेटमाथिको छलफलमा भाग लिएका सत्तापक्ष तथा प्रतिपक्षी दलहरुले बजेटले समग्र प्रदेश विकास ठोस योजना दिन नसकेको, टुक्रे योजना बढी हालेको, पहुँचका आधारमा योजनाहरु बनाइएको लगायतका टिप्पणी गरिएका थिए ।

शुक्रबार बसेको बैठकमा नेकपा एमालेका प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पाल, हिरा सार्की, निर्मला देवी साउद, सन्तोषकुमारी शर्मा थापा, नेपाली काँग्रेसका प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, मधु भारती, नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल, ओमविक्रम भाट (सरल), नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी, टीका थापा,  नेकपा एकीकृत समाजवादी पार्टीकी माया पन्त लगायतले छलफलमा भाग लिएका थिए ।

नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य भारतीले धारणा व्यक्त गरेपछि सभामुख भीमबहादुर भण्डारीले नेपाली काँग्रेसकी प्रदेश सभा सदस्य गिता कुमारी चौधरीको बजेटमाथिको छलफलमा भाग लिने कार्यसूचि रहेको जानकारी दिए । उनले भने –‘माननिय गिता कुमारी चौधरीको सम्बोधनको कार्यसूचि रहेको छ । उहाँलाई सभामा नदेखेको हुँदा बजेटमाथिको छलफल आजलाई यहि स्थगित गरिने छ ।’

सभामुख भण्डारीले बजेटमाथिको छलफलका लागि शनिबार विहान साढे ८ बजे बस्ने सभामा जानकारी दिए ।
 

प्रतिक्रिया