Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

योजना बन्छ, कार्यान्वयन हुँदैन, ११ अर्ब बजेटको योजना कार्यान्वयन भएन

योजना बन्छ, कार्यान्वयन हुँदैन, ११ अर्ब बजेटको योजना कार्यान्वयन भएन

पुनर्वास नगरपालिका वडा नं. ६, ७ र ८ मा जंगली जनवारबाट कृषि उत्पादन जोगाउन विद्युतीय तारबार जडान गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोही उद्देश्यले पुनर्वास नगरपालिका–९ मा मेसवायर जडान गर्न पनि १० लाख रुपैयाँ विनियोजन गरिएको थियो । डिभिजन वन कार्यालय कञ्चनपुरले कार्यान्वयन गर्ने गरी विनियोजित यो कार्यक्रम कार्यान्वयन भएन ।

जिल्ला वन कार्यालय कञ्चनपुरका लेखा अधिकृत प्रेम अवस्थीका अनुसार फागुनसम्म कार्यक्रम कार्यान्वयन नभएपछि फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दायित्व सिर्जना नभएको र कार्यान्वयनमा जान नसक्ने कार्यक्रम समर्पण गर्न फागुनमा पत्र पठाएको थियो । त्यसपछि डिभिजन वन कार्यालयले फागुनमै सो कार्यक्रम कार्यान्वयन हुन नसक्ने भन्दै समर्पण गरेको लेखा अधिकृत अवस्थीले बताए ।

भारतको दुधुवा नेसनल पार्कबाट आउने जंगली जनावरबाट पुनर्वास क्षेत्रको करिब दुई हजार बिघा जमिनमा कृषि बाली जोगाउन त्यहाँका नागरिकले माग गरेको सो कार्यक्रम कार्यान्वयन नभएको यो पहिलो पटक भने होइन । यसअघि आर्थिक वर्ष २०७७/०७८ मा समेत सो क्षेत्रमा विद्युतीय तारबार गर्नका लागि नागरिकको मागमा २० लाख रुपैयाँ विनियोजन गरिएको थियो । तर कार्यक्रम रातो पुस्तिकामा लेख्दा ठेगाना फरक परेपछि कार्यान्वयन भएको थिएन ।

सार्वजनिक महत्वको तथा नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजना प्रदेश सरकारले प्रत्येक वर्ष बनाउँछ तर कार्यान्वयन हुँदैन । चालु आर्थिक वर्षमा प्रदेशमा आएको संघीय अनुदानको एक अर्ब ६६ करोड ५७ लाख नौं हजार रुपैयाँ बराबरका योजना कार्यान्वयन नभएर बजेट संघमा फिर्ता गएको छ भने प्रदेश सरकारले १० अर्ब ९३ करोड ५ लाख रुपैयाँ कार्यान्वयन गर्न सकेन । जसमा पुँजीगततर्फ सात अर्ब ३ करोड २० लाख र चालुतर्फ तीन अर्ब ८९ करोड ८५ लाख रुपैयाँ बजेट कार्यान्वयन भएन ।

गत आर्थिक वर्ष २०७८/०७९ मा समेत प्रदेश सरकारले तीन अर्ब ५५ करोड ७१ लाख चालु र ६ अर्ब ९५ करोड २३ लाख गरी जम्मा १० अर्ब ५० करोड ९४ लाख रुपैयाँको योजना कार्यान्वयन गर्न सकेको थिएन । आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश सरकारले सात अर्ब ३६ करोड ४० लाख ७२ हजार रुपैयाँको योजना कार्यान्वयन भएन । हरेक वर्ष प्रदेश सरकारले योजना बनाउने र कार्यान्वयन गर्ने गर्नाले प्रदेश सरकारप्रति नागरिकको असन्तुष्टि बढेको छ ।

खाद्य अधिकार समूह पुनर्वासका संयोजक कञ्चन गिरिले बजेट बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले गर्दा प्रदेश सरकारबाट आफूले गरेको आश मरेको बताए । उनले आफूहरूको मागमा बजेट विनियोजन भए पनि दुई/दुई पटक कार्यान्वयन नगरिदिँंदा जंगली जनावरबाट पाउने दुःख निरन्तर रहेको बताए । उनले प्रदेश सरकारले नागरिकलाई प्रत्यक्ष फाइदा पुर्‍याउने कार्यक्रम आर्थिक वर्षको सुरुबाटै कार्यान्वयन गर्न माग गरे ।

कैलालीको कैलारी गाउँपालिका–३ शिवरत्नपुर, मोहनपुर र हौसलपुरका बासिन्दाहरू शासकीय सेवाबाट जोड्ने उद्देश्यले बनिरहेको झोलुंगे पुल समयमा नबन्दा गतवर्षको बाढीले बगायो । तर चालु आर्थिक वर्षमा सोको लागि बजेट नै विनियोजन भएन । स्थानीय कमलप्रसाद चौधरीले मोहना नदीमा पुल नभएकै कारण वर्षात्मा स्वास्थ्य, शिक्षालगायतका शासकीय सेवाबाट वञ्चित हुने गरेको बताए ।

बजेट विनियोजन गरिए पनि समयमा कार्यान्वयनका लागि पहल गर्ने, आधा वर्ष बितिसकेपछि स्रोत कम भन्दै बजेट समर्पण गराउने लगायतका कारणले प्रदेश सरकारका योजना र बजेट कार्यान्वयन हुन सकिरहेको छैन । प्राथमिकता प्राप्त क्षेत्रमा साधन स्रोतको वितरण पर्याप्त नहुनु, सन्तुलित र न्यायोचित नहुनु र सरकारी खर्च प्रणाली कमजोर रहेको कारण सार्वजनिक महत्वका योजना कार्यान्वयन नहुन सकेको प्रदेश सरकारले स्वीकार गरे पनि त्यसको सुधार गर्न सकेको छैन ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन भइरहेको करिब आठ हजार योजना भए पनि आउँदो आर्थिक वर्षका लागि एक हजार ७१३ योजना मात्रै समेटिएका छन् । आउँदो वर्ष बजेट विनियोजनको अभावमा प्रदेश सरकारले चलाएका यस वर्ष सम्पन्न हुन नसकेका अधिकांश योजना अलपत्र पर्ने खतरा बढेको छ ।

प्रतिक्रिया