Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

लायन्स क्लब साँफेबगर अछामको रक्तदान कार्यक्रम बयालपाटा अस्पतालमा सम्पन्न

लायन्स क्लब साँफेबगर अछामको रक्तदान कार्यक्रम बयालपाटा अस्पतालमा सम्पन्न


लायन्स क्लब साँफेबगर अछामको रक्तदान कार्यक्रम सोमवार सम्पन्न भएको छ ।  रक्तदान जिवन दान, जिवन दान महादान भन्ने पवित्र उद्धेश्यलाई आत्मसाथ गरी क्लबले बयालपाटा अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख लायन्स राजेन्द्र बहादुर कुँवरले विषम परिस्थितिमा लाईन्स क्लबले मानविय सेवाका लागि रक्तदान कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै मानविय सेवाका लागि गरिएको रक्तदान नै धर्म भएको बताउँनुभयो । मानव सेव गर्ने पवित्र उद्देश्य राखी स्थापना गरिएको क्लबले राम्रो काम गरेको बताउदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्र्तता  दिन सुझाव दिनु भएको छ । यस्तै  बिशिष्ट अतिथि लायन्स नगर उप प्रमुख शिव बहादुर कुँवर सिलोजले लायन्स क्लबले गरेको सामाजिक एवम् मानविय सेवाका कार्यहरुको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष भरत बहादुर खड्का लगाएत  सम्पुर्ण लायन्सहरुको सहभागिता रहेको कार्यक्रममा ९ पिन्ट रगत संकलन गरीएको थियो । कार्यक्रमको सञ्चालन सचिव पृथ्वी कुँवरले गर्नु भएको थियो । 

प्रतिक्रिया