Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो

साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट खुल्यो


अछामको साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु गरिएको छ । स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै कित्ताकाट प्रारम्भ गरेको हो । 
नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले जानकारी दिए।

जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा  पुरातात्त्विकमा वर्गीकरण गरिएको छ । नगर क्षेत्रमा रहेको ४७.५२ वर्गकिलोमिटर जग्गा विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको बताइएको छ । कित्ताकाट खुलेसँगै तोकिएको स्थानको जग्गाको भागबण्डा, किनबेच र बैङ्किङ कारोबारमा सहजता आएको स्थानीयको भनाइ छ । स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान रहेको छ । स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाटको काम हुने बताइएको मङ्गलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले पनि जग्गा वर्गीकरणको काम अघि बढाएको छ । 
 

प्रतिक्रिया