Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गेटामा एक सय शय्याको अस्पताल सञ्चालन गर्न १४१ जनाको दरबन्दी स्वीकृत

गेटामा एक सय शय्याको अस्पताल सञ्चालन गर्न १४१ जनाको दरबन्दी स्वीकृत

धनगढीः कैलालीको गेटामा पहिलो चरणमा न्यूनतम सेवासहित एक सय शय्याको अस्पताल सञ्चालन हुने भएको छ। संघीय मन्त्रिपरिषद्ले १४१ जनाको दरबन्दीमार्फत न्यूनतम सुविधासहितको अस्पताल सञ्चालन गर्न स्वीकृति प्रदान गरेको हो। गेटामा न्यूनतम सेवासहितको अस्पताल सञ्चालनका लागि असार १९ गते मन्त्रिपरिषद्ले स्वीकृत दिइएको हो।अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयमा पेस गरिएको कार्यक्रम स्वीकृत हुनासाथ अस्पताल सञ्चालनमा आउने गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए। ‘सरकारबाट दरबन्दी स्वीकृत भइसक्यो। अब स्वास्थ्य मन्त्रालयले कार्यक्रम स्वीकृत गर्नासाथ अस्पताल सञ्चालन हुनेछ,’ उनले भने, ‘मन्त्रालयमा कार्यक्रम स्वीकृत हुन बाँकी छ।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट फाइल सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा तेस्रो पटक पुगेर स्वीकृत भएको हो।

संघीय मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालन गर्ने निर्णय गरेकोमा स्वास्थ्य मन्त्रालयले एक सय शय्याको अस्पताल सञ्चालन गर्ने भएको छ। अस्पताल सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपकरणसमेत पठाएको छ। सय शय्याको अस्पताल सञ्चालनका लागि शय्या, प्रयोगशालाका सामान र अल्ट्रासाउण्डलगायतका उपकरणहरु गेटा पुगेका छन्। अस्पतालका लागि एक्सरे मेसिन बुधवारसम्म धनगढी पुग्ने डाक्टर जोशीले बताए।

‘अस्पतालमा अल्ट्रासाउन्ड, प्रयोगशालाका उपकरण र शय्या आइपुगेका छन्। थप उपकरण बुधवारसम्म आइपुग्छ्न्,’ उनले भने, ‘केन्द्र र प्रदेशको आपूर्ति व्यवस्थापन केन्द्रबाट पनि उपकरण ल्याउने कुरा भएको छ। न्यूनतम सेवाको अस्पताल साउनभित्रै सञ्चालनमा आउनेछ।’ अस्पतालका निर्देशक डाक्टर जोशीले २०७८ चैत २३ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा तीन सय शय्याको अस्पतालका लागि प्रस्ताव पेस गरेका थिए। तर, सुरूमा एक सय शय्याबाट सुरू गरेर बिस्तारै शय्या क्षमता थप गरिने बताइएको छ।

गेटामा न्यूनतम सेवासहित अस्पताल चलाउने तयारी थालिए पनि अस्पताल भवनको मसिनो काम भने सकिएको छैन। अस्पताल भवनसम्म जाने सडक, बिजुली र पानी जडान, ढल तथा शौचालयको व्यवस्थापन गरिएको छैन।अस्पताल भवनमा शल्यक्रिया कक्षको निर्माण पनि गरिएको छैन। तर, महत्त्वपूर्ण काम सकिएकाले मसिनो काम अस्पताल सञ्चालनसँगै गर्न सकिने मेडिकल पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले बताए।

गेटामा सडक, खानेपानी र बिजुलीको काम हुन बाँकी छ। अस्पताल भवनमा पनि शल्यक्रिया कक्षलगायतको मसिनो काम गर्न बाँकी छ,’ उनले भने, ‘यो काम अस्पताल सञ्चालनसँगै गर्न सकिन्छ।’ गेटामा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढीका भौतिक संरचनाहरु निर्माण गरेको छ। साउन महिनाभित्रै गेटामा ओपिडी सेवा चलाउने तयारी थालिएको छ।

प्रतिक्रिया