ताजा अपडेट
स्वास्थ्यचौकीको हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना
बैतडी, २ साउन । बैतडीको एक स्वास्थ्यचौकीले हाताभित्र मध्यपान गर्नेलाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीले हाताभित्र मध्यपान गर्नेलाई पाँचहजार सम्म जरिवाना गर्ने निर्णय गरेको हो ।
सोमबार स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले स्वास्थ्य चौकी हाताभित्र मध्यपान गर्नेलाई एक हजार देखि पाँच हजार सम्म जरिवना गरिने निर्णय गरेको पञ्चेश्वर स्वास्थ्य चौकी प्रमुख सुरेश सार्कीले बताए ।
पहिलो पटक लाई एक हजार, दोस्रो पटकलाई दुई हजार ५०० र तेस्रो पटकलाई ५ हजार जरिवाना गरिने भएको छ । यस्तै बैठकले संस्थाको हाताभित्र धुम्रपान र सूतिजन्य पदार्थ सेवन गर्नेलाई संस्था बाहिर निकाल्ने वा सय रुपयाँ जरिवाना गर्ने निर्णय समेत गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया