Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

लैङ्गिक हिंसा निवारण कोषको बारेमा सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम साफेबगर नगरपालीकमा सम्पन्न

लैङ्गिक हिंसा निवारण कोषको बारेमा सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम साफेबगर नगरपालीकमा सम्पन्न

लैङ्गिक हिंसा निवारण कोषको बारेमा सरोकारवालाहरुसंग अन्र्तक्रिया कार्यक्रम साफेबगर नगरपालीकमा सम्पन्न भएको छ । ग्ल्एब् द्धारा कार्यक्रम सञ्चालन गरीएको हो ।  साँफेबगर नगरपालीकाका नगर उपप्रमुख शिव बहादुर कुँवर (शिलोज ) को अध्यक्षताम सञ्चालन गरीएको कार्यक्रममा प्रमुख अथिति साँफेबगर नगर प्रमुख रोजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख कुँवरले साँफेबगर नगरपालीकामा लैङ्गिक हिंसा न्युनिकरण गर्नको लागी यस्ता विभिन्न किसिमका जनचेतना मुलक कार्यक्रमहरु गर्न आवश्यक रहेको बताउनु भएको छ । नगरपालीका भित्र मानसिक रुपमा  कमजोर भएर अपठ्यारो अवस्थामा परेका महिला तथा बालबालीका लगाएत लैङ्गिक हिंसा परेका व्यक्तिको व्यवस्थापन गर्नको  लागी कोषको स्थापना गर्नु पर्ने उहाँले बताउनु भयो । नगर भित्रका जनप्रतिनिधिले आफनो सक्ति अनुसार रकम संकलन गरेर यस्ता हिंसामा परेका व्यक्तिहरुलाई रकम सयोग गरेर नँया जिवन दिन सकिने उहाँले बताउनु भएको छ । नगरपालीकाको दोस्रो कार्यकाल भित्र अहिले सम्म मानसिक रुपमा कमजोर भएका दुई वटा महिलाहरुको उदार गरीसकेको बतानु भएको छ । साथै उहाँले आगामी दिनहरुमा आजको कार्यक्रमबाट पारीत गरेको नितिमा टेकेर १४ वटै वडा र नगरपालीकामा यास्ता कार्यक्रमको कार्यन्वयन गरेर अगाडी बढ्ने जगर प्रमुख कुँवरले जानकारी दिनु भएको छ । कार्यक्रममा पिसविन नेपालका जिल्ला संयोजक गोकुल खड्काले कार्यक्रमको उद्देश्य ,प्ररियोजनाले कोष विवरणको बाट २०२३ जनवरी देखि जुन सम्मको प्रगति रोकथामको क्षेत्रमा साँफेबगर नगरपालीका भित्र गरेका कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी अन्र्तक्रिया कार्यक्रम जिल्लाका तिन वटा पालीकामा सञ्चालन  गरीएको बताउनु भयो । साँफेबगर नगरपालीका भित्रका ६ वटा वडाहरुमा कार्यक्रम सञ्चाल गरीएको र उक्त वडा मध्ये वडा नम्बर २,४,६ र ७ मा सम्पन्न भएको उहाँले जानकारी दिनु भएको छ । नगरपालीका भित्रका कार्यक्रम सञ्चालन गर्न बाकि रहेका वडाहरुमा आगामी दिनमा सञ्चालन गरीने बताउनु भयो । लैङ्गिक हिंसा न्युनिकरणका लागी स्थानिय तह बाट बजेट नछुट्याएको र प्रदेश सरकार बाट १ लाख बजेट आउने गरेको बताएको छ । आगामि आथिर्क बर्ष बाट नगर कार्यपालीका बाट २ लाख रकम बिनियोजन गरेर  सो कार्यक्रमको लागी ३ लाखको कोष स्थापना गने लगाएतका शिर्षकमा छलफल गरी २०८०÷२०८१ को लागी नया कार्य योजना पारीत गरिएको छ । कार्यक्रममा  निमित्त प्रमुख प्रशासकिय प्रमुख पुष्प बहादुर बुढा , नगर प्रर्बत्ता  मक्कर बहादुर कुँवर , इलाका प्रहरी कार्यलय साँफेबगर प्रमुख दिपक मगराठि , साँफेबगर नगरपालीका स्वास्थ्य शाखा , शिक्षा साखा तथा महिला बालबालिका शाखा प्रमुख ,नगरपालीकाका र्कमचारी , आइ टी अफिसर अम्बर बहादुर बोहोरा ,न्यायिक समिती सदस्य नारायण कडायत ,यु.एन. पी.ए जिल्ला संयोजक आस्ता रिजाल ,महिला बालबालीका सञ्जाल अप्सरा कुँवर ,सेप हाउस साँफेबगर प्रमुख पवन गिरी , सञ्चारक्रर्मि लगाएतको सहभागीता रहेको थियो । सामाजिक परिचालक सहनर्कता सिता कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन कानुन शाखा प्रमुख निर्प विश्वकर्माले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण मनो विर्मशकर्ता पार्वती बोहोराले गनु भएको थियो ।
 

प्रतिक्रिया