ताजा अपडेट
अपडेट : विमानस्थलबाट बरामद सुन झण्डै १०० किलो, तीन पक्राउ सूचना चाँडो चुहिँदा मुख्य कारोबारी फरार
काठमाडौँ राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट झण्डै १०० किलो सुन बरामद गरेको जनाएको छ ।
हिजो साँझ विशेष अपरेशन चलाएको विभागले ८० देखि १०० किलो बराबरको सुन बरामद गरेको जानकारी गराएको छ ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलो बराबरको सून बरामद भएको र थप अनुसन्धान जारी रहेको बताए । उक्त सुन ओसारपसरासमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ। तर उनीहरु तल्लोतहका रहेका बताइएको छ । ठूला तस्कर भने समातिएका छैनन् ।
हङ्कङबाट आएको सुन विमानस्थल पास भएर ट्याक्सीमा लैजान लागिएको अबस्थामा बरामद गरिएको हो । भोलि थप विवरणहरु खुल्ने जनाइएको छ । सूचना चाँडो चुहिंँदा मुख्य कारोबारी जोगिएका अनुसन्धानमा खटिएका एक अधिकृतले बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया