Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सामाजिक सुरक्षा र राजश्व सेवाका लागि मंगलसेन नगरपालिकाद्धारा वडास्तरमै टोलि परिचालन

सामाजिक सुरक्षा र राजश्व सेवाका लागि मंगलसेन नगरपालिकाद्धारा वडास्तरमै टोलि परिचालन

अछामको मंगलसेन नगरपालिकाले सामाजिक सुरक्षा र राजश्व सम्वन्धि सेवा प्रवाहका लागि वडँ स्तरमै टोलि परिचालन गरेको छ । सामाजिक सुरक्षा शाखा र राजश्व शाखाका कर्मचारीहरु परिचालन गरि वडा स्तरमै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा एकिकृत सम्पत्त कर र व्यवसाय दर्ता नविकरण समेवन्धि सेवा प्रदान गर्न सुभारम्भ गरिएको हो ।

नगरपालिकाले हरेक वर्ष आर्थिक वर्षको सुरुमै १४ वटै वडामा घुम्ति सेवा प्रदान गरि नागरिकलाई सेवा प्रदान गर्दै आईरहेको छ । सोहि कार्यक्रम अन्तरगत यस वर्ष पनि १४ वटै वडाको कार्यतालिका बनाएर टोलि परिचालन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताउनुभयो । यसबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरु र भूमि कर, व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने नगरवासिहरुलाई आफ्नै वडामा एकैपटक सेवा प्रदान गरिदा नजिकको सरकारको अनुभूति हुने गरेको छ ।

यस वर्षको अभियान वडानम्वर १ र २ बाट शुक्रबार देखि सुरुवात गरिएको छ । जस अन्तरगत वडानम्वर १ मा ३ सय ३६ जना सामाजिक सुरक्षा भत्ता लाभग्राहिहरुको परिचयपत्र नविकरण गरिएको छ भने वडानम्वर २ मा ६१ जनाले सो सेवा लिएका छन । यस्तै वडानम्वर १ मा १४० जनाले एकिकृत सम्पत्ति कर सम्वन्धि सेवा लिँदा ३४ हजार ३ सय ६६ राजश्व शंकलन भएको छ भने ५ जनाले व्यवसाय दर्ता नविकरण सम्वन्धि सेवा लिँदा १३ हजार ४ सय राजश्व संकलन भएको छ । यसैगरि वडानम्वर २ मा ४२ जनाले एकिकृत सम्पत्ति कर सम्वन्धि सेवा प्राप्त गरेका छन । जसबाट ९ हजार २ सय ६६ रुपैयाँ राजश्व संगलन गरिएको छ ।

समग्रमा २ वटै वडामा गरि ३९७ जनाले सामाजिक सुरक्षा भत्ता सम्वन्धि सेवा र १८७ जनाले एकिकृत सम्पत्ति र व्यवसाय सम्वन्धि सेवा लिएका छन । २ वटै वडामा गरि ५७ हजार ५ सय ४९ रुपैयाँ राजश्व समेत संकलन भएको छ ।

२ वटै वडँमा सम्वन्धित वडाका वडा अध्यक्ष लोकराज नाथ र देबेन्द्र बहादुर बोगटी सहितका जनप्रतिनिधिहरुको संलग्नता रहेको थियो भने नगरपालिकाबाट राजश्व शाखा प्रमुख दिपक खड्का, सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख एकेन्द्र बहादुर बोगटी, एम आई एस अपरेटर होम बहादुर साउद, फिल्ड सहायक दिल बहादुर केसी, वडा सचिव नन्दराज ढुंगाना, डण्डी प्रसाद ढुंगाना, वडाका कर्मचारी हिरण्ड बोगटी र हिरण्ड नाथ लगायतका कर्मचारीहरुले सेवाप्रवाह गर्नुभएको थियो ।

१४ वटै वडामा संचालन गरिने यो अभियान ७ गते देखि ९ गते सम्म वडा नम्वर १३ मा संचालन गरिने र कार्यतालिका अनुसार श्रावण २४ गते भित्र नगरका सबै वडामा अभियान सम्पन्न गरिसकिने नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ट्रेन्डिङ