Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुन तस्करीको सेटिङ कहाँ कसरी ?

सुन तस्करीको सेटिङ कहाँ कसरी ?

पछिल्लो समय नेपालमा सुन तस्करी सांगठनीक अपराधको रुपमा मौलाइरहेको छ । तस्करहरुले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको प्रयोग गरि विभिन्न देशहरुबाट ल्याइएको तस्करीको सुन भण्डारण गर्ने स्थल नै काठमाडौं जस्तो बन्दै गएको छ । यसरी बारम्बार भइरहेका तस्करीका घटना रोक्न सरकारी संयन्त्र किन सफल भइरहेको छैन ?

आखिर नेपालमा तस्करी मौलाउनुको प्रमुख कारण के हो ? कहाँ कसको संरक्षणमा यी सबै गतिविधि फस्टाइरहेका छन् ?

मंगलबार साँझ राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिर लैजान लागिएको अवस्थामा झन्डै सय किलो सुन बरामद गर्यो ।

उक्त सुन प्रकरणमा हाल सम्म १ चिनियाँ नागरिक सहित १० जना पक्राउ परिसकेका छन् । राजस्वको प्रारम्भिक अनुसन्धानमा हङकङबाट ल्याईएको उक्त तस्करीको सुनको अन्तिम गन्तव्य भने भारत भएको खुलेको छ ।

यद्यपी अवैध सुनको मुख्य मालिक को हो ? यति ठुलो परिमाणमा बरामद भएको सुनको बजार कुन हो ? यस बिषयमा भने राजस्व अनुसन्धान विभागले बिस्तृत अनुसन्धान गरिरहेको छ ।

पछिल्लो समय नेपालको त्रिभुवन अन्र्तराष्ट्रि विमानस्थल नेपालका लागि स्वर्णद्धार बन्दै गएको छ । पछिल्लो एक दशकमा नेपाल प्रहरीले बरामद गरेको सुनको तथ्याङकलाई केलाउँदा पनि उक्त कुरा पुष्टि हुन्छ ।

प्रहरीले उपलब्ध गराएको तथ्याङक अनुसार पछिल्लो ९ वर्षमा नेपालभित्रै झन्डै ८ सय १ किलो तस्करीको सुन बरामद भएको छ ।

यसरी नेपालमा पछिल्लो समय सुन तस्करी मौलाउने वातावरण सरकार आफैँले तयार पारेको नेपाल सुनचाँदी व्यवसायी महासंघको आरोप छ ।

नेपालको आवश्यक्ता अनुसार सुन आपुर्तिको व्यवस्था सरकारले मिलाउन नसक्दा सुन तस्करको जालो बलियो बन्दै गएको महासंघका अध्यक्ष माणिकरत्न शाक्यको बुझाइ छ ।

केही बर्ष अगाडीसम्म सुन तस्करका लागि स्थलमार्ग अति सुरक्षित मानिन्थ्यो । तस्करहरुले नेपाल र चीनको तातोपानी नाकाबाट सुन नेपाल भित्राउने गरेका थिए ।

२०७२ सालको भुकम्पले उक्त नाका बन्द भएपछि भने तस्करहरु हवाई मार्गको प्रयोग गरेर तस्करी गर्न थालेका छन् । अझ, पछिल्लो समय त तस्करहरुका लागि स्थल मार्ग भन्दा हवाई मार्ग बढी सुरक्षित बन्न पुगेको छ ।

यसरी विमानस्थल नै तस्करहरुको अखडा बन्दै गएको तथ्य गृहप्रशासनलाई थाहा नभएको होइन तर उनीहरुकै संलग्नतामा जेलिएको तस्करहरुको यो जालो तोड्न सहज छैन् ।

यद्यपी, गृहमन्त्री नारायणकाजी श्रेष्ठले तस्करहरुको यो जालो तोडेरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।

राजनीतिक संरक्षणमा तस्करले विमानस्थलमा आफु अनुकुलका कर्मचारी सरुवा गर्ने र तस्करीको बाटो खुला गर्ने बिषय नौलो होइन । यस्तोमा आगामी दिनमा गृहमन्त्री श्रेष्ठले यो जालो तोड्न सक्लान ? त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया