Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दे ४१ औं स्मृति दिवस साँफेबगरमा मनाईयो

विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दे ४१ औं स्मृति दिवस साँफेबगरमा मनाईयो

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको योगदानको स्मरण आज देशभर  ४१ औं स्मृति दिवस मनाईएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विक्रम संवत् २०३९ साउन ६ गते निधन भएको थियो । यसै अन्र्तगत आज नेपाली काङ्ग्रेस अछाम क्षेत्र नं .१ प्रदेश कार्यसमिति प्रदेश सभा ( क) र नगरकार्य समिति साँफेबगर नगरपालिकाका को सयुक्त आयोजनामा जननायक बिशेश्वर प्रसाद कोईरलाको ४१औँ स्मृती दिवसको अवसरमा  कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम  साँफेबगरमा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापती कृष्ण बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस सुदुरपश्चिम कार्य समिति सदस्य रुपा आउजीले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा ल्याउन विश्वेश्वरप्रसाद कोइरालाको ठूलो योगदान रहेको बताउनु भएको छ । बिपी कोइरालाको ४१ औँ स्मृती दिवसको अवसरमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम  बौल्दै उँहाले व्यक्तिको स्वतन्त्रपूर्वक बाच्न पाउने अधिकार बिपीको  योगदान बाट प्राप्त भएको उँहाले स्पष्ट पार्नुभयो ।

यस्तै कार्यक्रमका बिशिष्ट अतिथि महा समिति सदस्य अर्जुन ताम्राकारले बिपीको चिन्तनलाई अगाडि बढाएमात्र देशको विकास हुने बताउनु भएको छ । पछिल्लो समय बिपीको सिद्धान्त मिचेर हिड्ने प्रबृती बढेको बताउदै उँहाको मर्गदर्शन लाई आत्मसाथ गरेमात्र पाटी बलियो हुने बताउनु भएको छ । यस्तै महासमिती सदस्य भगवती खनालले बिपीको सपना साकार पार्ने सबैले हातेमालो गरेर अघि बढ्न जरुरी रहेको बताउनु भएको छ । साथै उँहाले पाटी बलियो बनाउनका लागि नेता र कार्यकर्ता बिच समनय , सहकार्य हुन आवश्यक रहेको बताउनु भयो । यस्तै पुर्व महाधिवेशन प्रतिनिधि ध्वज बहादुर कुँवरले बिपीको सिद्धान्तमा अडिक बने मात्र पाटी बलियो हुने बताउनु भएको छ । साथै उँहाले  पाटी बलियो बनाउनका लागि गुट उपगुटको अन्त्य हुनु पर्ने बताउनु भएको छ ।

बिपी नेपाली समाजको निर्माता भएको बताउदै उँहाले मनोवैज्ञानिक धारालाई नेपाली साहित्यमा भित्र्याउन बिपी कोइरालाको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । कार्यक्रमा जिल्ला कार्य समिती सदस्य राम बहादुर कुँवर , सुरत बहादुर कुँवर, बहादुर खड्का , क्षेत्रीय सचिव भिम बहादुर कुँवर नगर सचिव अनिल परियार, प्रदेश उपसभापति बिमल कुँवर, साँफेबगर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष हिक्मत कडायत लगाएको सहभागिता रहेको थियो । प्रदेश सभापती महेश खड्काले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन नगर सभापती लाल बहादुर कुँवर नेत्रले गर्नु भएको थियो । 

प्रतिक्रिया

ट्रेन्डिङ