Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

सुदूरपश्चिम ट्राफिकः नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने

सुदूरपश्चिम ट्राफिकः नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने

सुदूरपश्चिममा ट्राफिक नियम उल्लंघन गरेबाफतको जरिवाना रकम बैंकमार्फत असुली गर्न थालिएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सुदुरपश्चिम प्रदेशका तीन जिल्लाहरुमा श्रावण १ गतेदेखि ट्राफिक जरिवानाबाफतको रकम बैंकमार्फत भुक्तानी असुली गर्न थालेको हो। 

पहिलो चरणमा साउन १ गतेबाट डोटी, कैलाली र कञ्चनपुर जिल्लामा ट्राफिक जरिवाना वाफतको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने नियम लागू गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र कुमार पालले बताए।

डिएसपी पालका अनुसार यो व्यवस्था ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिनेछ। त्यो अवधिमा नजिकको बैंकमार्फत जरिवाना भुक्तानी गरिएको भौचर देखाए मात्रै कागजात फिर्ता दिइने छ।

२४ घण्टामा भुक्तानी नभएमा प्रदेशको कुनै पनि स्थानमा सवारी नियन्त्रणमा लिएर जरिवाना भुक्तानी भएपछि मात्र कागजपत्र फिर्ता दिएर आवागमनको अनुमति दिने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ