Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिम ट्राफिकः नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने

सुदूरपश्चिम ट्राफिकः नियम उल्लंघन गरे बैंकमार्फत जरिवाना तिर्नुपर्ने

सुदूरपश्चिममा ट्राफिक नियम उल्लंघन गरेबाफतको जरिवाना रकम बैंकमार्फत असुली गर्न थालिएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले सुदुरपश्चिम प्रदेशका तीन जिल्लाहरुमा श्रावण १ गतेदेखि ट्राफिक जरिवानाबाफतको रकम बैंकमार्फत भुक्तानी असुली गर्न थालेको हो। 

पहिलो चरणमा साउन १ गतेबाट डोटी, कैलाली र कञ्चनपुर जिल्लामा ट्राफिक जरिवाना वाफतको रकम राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्नुपर्ने नियम लागू गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपेन्द्र कुमार पालले बताए।

डिएसपी पालका अनुसार यो व्यवस्था ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिनेछ। त्यो अवधिमा नजिकको बैंकमार्फत जरिवाना भुक्तानी गरिएको भौचर देखाए मात्रै कागजात फिर्ता दिइने छ।

२४ घण्टामा भुक्तानी नभएमा प्रदेशको कुनै पनि स्थानमा सवारी नियन्त्रणमा लिएर जरिवाना भुक्तानी भएपछि मात्र कागजपत्र फिर्ता दिएर आवागमनको अनुमति दिने ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया