Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिममा प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड

सुदूरपश्चिममा प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड

धनगढीः सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ।

भेटेरीनरी एम्बुलेटरी सेवाका लागि उपकरणसहित पिकअप खरिद गर्न ५५ लाख, डिजिटल स्मार्ट बोर्ड खरिद गर्न ८ लाख, खाद्यन्न गोदाम घर निर्माण गर्न ४० लाख, मन्त्रालयको लागि बाउण्डरी वाल निर्माण गर्न १० लाख, डडेल्धुरामा मौरी स्रोत केन्द्र निर्माण गर्न एक करोड, बीउ उत्पादनका लागि गोदाम घर, औजार, प्रशोधन तथा प्याकेजिङ सहयोगका लागि एक करोड २५ लाख ८० हजार बजेट विनियोजन गरिएको छ।

त्यस्तै टीकापुरमा उन्नत नश्लका भैँसी आनुवांशिक फार्म तथा संरचना सुधारका लागि १० लाख, मन्त्रालय परिसरमा फुल बगैचा निर्माण गर्न १० लाख, गोदावरी नगरपालिका–१ अत्तरियामा कृषि थोक बजार स्टल निर्माण गर्न ५० लाख, लागत साझेदारीमा खाद्य गोदाम घर निर्माण गर्न दुई करोड र स्थानीय तहको लागत साझेदारीमा कोल्डस्टोर/कोल्ड चेम्बर तथा कुलबुट निर्माण गर्न दुई करोड बजेट विनियोजन गरिएको छ।

कोल्डस्टोर/कोल्ड च्याम्बर, कृषि बजार, कृषि उत्पादन प्रशोधन उद्योग, गोदाम घर सम्वन्धि संभाव्यता अध्ययन गर्न २५ लाख, वृह्त एवं विशेष उत्पादन क्षेत्रहरुको विस्तृत संभाव्यता अध्ययन गर्न १८ लाख, बाजुरा, बझाङ र दार्चुला जिल्लामा च्याङ्ग्रा पालन सम्वन्धि स्थलगत सर्वे तथा संभाव्यता अध्ययन गर्न ४५ लाख, कार्पेट, पर्दा र गलैजा खरिद गर्न ५ लाख, कार्यालयमा अन्य फर्निचर खरिद शिर्षकमा १० लाख ८० हजार बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया