Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड

सुदूरपश्चिममा प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड

धनगढीः सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि प्राङ्गारिक मल उत्पादन गर्न उपकरण खरिदका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ।

भेटेरीनरी एम्बुलेटरी सेवाका लागि उपकरणसहित पिकअप खरिद गर्न ५५ लाख, डिजिटल स्मार्ट बोर्ड खरिद गर्न ८ लाख, खाद्यन्न गोदाम घर निर्माण गर्न ४० लाख, मन्त्रालयको लागि बाउण्डरी वाल निर्माण गर्न १० लाख, डडेल्धुरामा मौरी स्रोत केन्द्र निर्माण गर्न एक करोड, बीउ उत्पादनका लागि गोदाम घर, औजार, प्रशोधन तथा प्याकेजिङ सहयोगका लागि एक करोड २५ लाख ८० हजार बजेट विनियोजन गरिएको छ।

त्यस्तै टीकापुरमा उन्नत नश्लका भैँसी आनुवांशिक फार्म तथा संरचना सुधारका लागि १० लाख, मन्त्रालय परिसरमा फुल बगैचा निर्माण गर्न १० लाख, गोदावरी नगरपालिका–१ अत्तरियामा कृषि थोक बजार स्टल निर्माण गर्न ५० लाख, लागत साझेदारीमा खाद्य गोदाम घर निर्माण गर्न दुई करोड र स्थानीय तहको लागत साझेदारीमा कोल्डस्टोर/कोल्ड चेम्बर तथा कुलबुट निर्माण गर्न दुई करोड बजेट विनियोजन गरिएको छ।

कोल्डस्टोर/कोल्ड च्याम्बर, कृषि बजार, कृषि उत्पादन प्रशोधन उद्योग, गोदाम घर सम्वन्धि संभाव्यता अध्ययन गर्न २५ लाख, वृह्त एवं विशेष उत्पादन क्षेत्रहरुको विस्तृत संभाव्यता अध्ययन गर्न १८ लाख, बाजुरा, बझाङ र दार्चुला जिल्लामा च्याङ्ग्रा पालन सम्वन्धि स्थलगत सर्वे तथा संभाव्यता अध्ययन गर्न ४५ लाख, कार्पेट, पर्दा र गलैजा खरिद गर्न ५ लाख, कार्यालयमा अन्य फर्निचर खरिद शिर्षकमा १० लाख ८० हजार बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ