ताजा अपडेट
अघिल्लो कार्यकालमा भएको खर्चको जिम्मेबार हामि हुँदैनौ - अध्यक्ष साउँद
चौरपाटि गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले अघिल्लो बर्षमा गरीएको जिम्मेवारी आफुहरुले नलिने बताउनु भएको छ ।
एक समाचारमा महालेखा परिक्षकको कार्यालयले आ.ब. २०७८/०७९ को प्रतिवेदन अनुसार चौरपाटि गाउँपालिकाले खाना तथा विविध खर्चमा मात्रै झण्डै २४ लाख रुपैयाँ खर्च गरेको उल्लेख भएपछि आफु बिरुद्ध नकारात्मक टिप्पणि आईरहेको हुँदा कुरा बुझेर कमेण्ट गर्न अध्यक्ष साउँदले आग्रह गर्नुभएको हो ।
आफ्नो कार्यकालमा भएका राम्रा र नराम्रा सबै कार्यको जिम्मेवारी लिने तर अघिल्लो कार्यकालमा भएका खर्चको जिम्मेबारी आफुहरुको नभएको अध्यक्ष साउँले सामाजिक संजाल मा स्ट्याटस राख्दै प्रष्ट पार्नुभएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया