Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २० बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

ट्वीटरलाई ‘एक्स’ मा रिब्रान्ड गर्दै एलन मस्क, चराको ठाउँमा आउने नयाँ लोगो आज लाइभ हुँदै

ट्वीटरलाई ‘एक्स’ मा रिब्रान्ड गर्दै एलन मस्क, चराको ठाउँमा आउने नयाँ लोगो आज लाइभ हुँदै

एलन मस्कले ट्वीटरमा हालसम्मकै ठूलो परिवर्तन गर्ने बताएका छन् । त्यो हो, १६ वर्षदेखि विश्वले चिन्दै आएको चराको लोगो । आइतबार मस्कले ट्वीटरको बहुचर्चित लोगो परिवर्तन गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा तहल्का नै मच्चियो ।

मस्कले ट्वीटरको लोगो किन परिवर्तन गर्न लागे, नयाँ लोगो कस्तो हुन्छ, त्यसको अर्थ के हुन्छ भन्ने धेरैको चासोको विषय बनेको छ । यहीबीच मस्कले लोगोलाई नै लिएर एक दर्जन बढी ट्वीट गरेका छन् ।

“छिट्टै नै हामी ट्वीटरको ब्रान्डलाई बिदाइ गर्दैछौं, र विस्तारै सबै चराहरूलाई पनि,” मस्कले आइतबार एक ट्वीट गर्दै लेखे । त्यसको करिब एक घण्टापछि मस्कले उनले ट्वीटमार्फत ‘एक्स’ अक्षरबाट आउने उपयुक्त लोगो भेटे सोमबार विश्वभर ट्वीटरको नयाँ लोगो लाइभ गर्ने बताए ।

यही ट्वीटपछि मानिसहरू ट्वीटरको नयाँ लोगो कस्तो होला भन्ने उत्सुकता बोकेर बसेका छन् । एलन मस्कले ‘एक्स’ अक्षरलाई ‘एभ्रिथिङ एप’ अर्थात् सबै कुरा भएको एपका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार ट्वीटर अब केबल सामाजिक सञ्जाल मात्र नभएर इन्स्ट्यान्ट मेसेजिङ र भुक्तानी सेवा उपलब्ध गराउने एप हुनेछ ।

यो चिनियाँ एप 'वी च्याट' कै अवधारणा हो । मस्क आफैंले पनि ट्वीटर खरिद गर्नुको मुख्य कारण ‘एक्स’ निर्माण कार्यलाई बढावा दिने हो भनेका छन् । यसका लागि उनले ट्वीटर खरिद गर्नु र त्यसलाई नियन्त्रणमा लिनुलाई ‘एक्स’ निर्माण गर्ने कामका रूपमा हेरिएको छ ।

आइतबार ट्वीटरको लाइभ अडियो स्ट्रिममा बोल्दै मस्कले ट्वीटरको लोगो परिवर्तन गर्न लागेको बताएका थिए । त्यसपछि सार्वजनिक रूपमा ट्वीट गर्दै उनले लोगो परिवर्तन गर्न लागेको औपचारिक घोषणा गरेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार त्यसको केही घण्टापछि मस्कले ट्वीटरका कर्मचारीलाई ईमेल पठाउँदै “हामी वास्तवमा ट्वीटरलाई ‘एक्स’ मा परिवर्तन गर्दैछौं र यो काम आजै हुन्छ’ भन्दै सल्युटको ईमोजी पठाएका थिए ।

‘एक्स’ सँग मस्कको सम्बन्ध

‘एक्स’ अक्षरसँग मस्कको दुई दशक पुरानो सम्बन्ध छ । उनले केही साथीहरू मिलेर सन् १९९९ मा अनलाइन बैंकका रूपमा एक्स डटकम स्थापना गरेका थिए । तर, पछि विविध कारणले एक्स डटकम पेपालमा गाभियो । मस्क पनि त्यसैमा आवद्ध भए । त्यसको करिब १५ वर्षपछि सन् २०१७ मा मस्कले पेपालबाट एक्स डटकम डोमेन खरिद गरे । 

अहिले उनले सोही एक्सडटकम रिडाइरेक्ट गरेर ट्वीटरमा आउने बनाएका छन् । अर्थात् तपाईंले एक्स डटकम ब्राउज गर्नुभयो भने उक्त पेज रिडाइरेक्ट भएर ट्वीटर खुल्छ । 

ट्वीटरकी सीईओ लिन्डा याकारिनोले पनि मस्कको परियोजनालाई भरपुर साथ दिइरहेकी छिन् । सोमबार एक ट्वीट गर्दै लिन्डाले ‘एक्स’ असीमित अन्तरक्रियाको भविष्यको अवस्था हो । “यो विशेषगरी अडियो, भिडिओ, मेसेजिङ, पेमेन्ट्स तथा बैंकिङमा केन्द्रित छ,” उनले ट्वीट गर्दै लेखेकी छिन, “यो विचार, सेवा, सामग्री र अवसरको एक मार्केटप्लेस बन्नेछ ।”

एआईद्वारा सञ्चालन हुने यो प्लेटफर्मले हामीले सोचेभन्दा फरक तरिकाले मानिसहरूलाई एक अर्कासँग जोड्ने दाबी गरेकी छिन् ।

प्रतिक्रिया

ट्रेन्डिङ