Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

अछाममा घरेलु हिंसाका घट्ना बढ्दै÷ एक वर्षमा १ सय २ हिँसाका घटना दर्ता

अछाममा घरेलु हिंसाका घट्ना बढ्दै÷ एक वर्षमा १ सय २ हिँसाका घटना दर्ता

अछाम ः अछाम जिल्लामा घरेलु हिंसाका घट्ना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय अछामले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा मात्र १ सय २ हिँसाका घटना दर्ता भएका छन ।  आर्थिक वर्ष २०७९÷८० असार मसान्त सम्ममा घरेलु तथा लैङ्गिक हिंसाका १ सय २ उजुरी परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।  उजुरीमा सबै भन्दा बढी घरेलु हिंसाका ५३ र लैङ्गिक हिंसाका ४९ उजुरी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । घरेलु हिंसामा  ५३ उजुरी मध्ये ३६ वटा मिलापत्र भएका छन भने , १५ वटाका अदालतमा दर्ता भएका छन । जसमा साँफेबगर नगरपालिकाबाट घरेलु हिंसाका ५ मंगलसेन नगरपालिकाका १७ कमलबजार नगरपालिका बाट ६ , पञ्चदेवल बिनायक नगरपालिकाका बाट २ उजुरी परेका छन । यस्तै तुर्माखाँद गाउपालिकाका बाट ११ ढकारी गाउपालिकाका बाट ४ , मेल्लेख गाउपालिका बाट  १ , रामारोसन गाँउपालिकाबाट ५ , बान्नीगढी जयगढ गाउँपालिका बाट २ उजुरी परेका छन  भने चौरपाटी  गाउँपालिकाबाट उजुरी नपरेको प्रहरी नायव उपरीक्षक सन्तोस पाठकले  जानकारी दिनु भयो ।  
यस्तै लैङ्गिक हिंसा अन्र्तगत भने साँफेबगर नगरपालिकामा  जबरजस्ती करणका २ , ज्यान मर्ने उद्योगका १ , अभद्र व्यावहारका ३ उजुरी परेका छन ।यस्तै मंगलसेन नगरपालिकामा जबरजस्ती करणिका  २ , बालयौन दुरुपयोगका १ , ज्यान मार्ने उद्योगका  १ , अभद्र व्यावहारका २ , आत्महत्याका १ उजुरी परेका छन् । यस्तै कमल बजार नगरपालिकाबाट  जबरजस्ति करणीका २,  अपहरण शरिर बन्धकको १, अभद्र व्यवहारका २,आत्म हत्याका २ उजुरी परेकोमा, पञ्चदेवल  नगरपालिकाका जबरजस्ती करणीमा १ ,बैबाहिक बलात्कारका १  कर्तव्य ज्यानको १  आत्महत्याका ३ , अपमान जनक तथा अमानविय व्यवहार गर्नै नहुने मा ३ उजुरी परेका जिल्ला प्रहरी कार्यलयको तथ्याङकले देखाएको छ । यस्तै चौरपाटी गाउँपालिकाबाट अभद्र व्यवहारका १ ,बान्नीगढी जयगढ गाउपालिकाबाट अभद्र व्यावहारका १ , आत्महत्याका २ उजुरी परेका छन । मेल्लेख गाउपालिका बाट जबरजस्ती करणीको १, तुर्माखाद गाउपालिका बाट जबरजस्ती करणी उयोग  को १ उजुरी परेको छ । ढकारी गाउपालिका बाट जबरजस्ती करणी उयोगको ३ आत्महत्या दुरुत्साहनको १ , आत्म हत्याको १ , रामारोसन गाउपालिका बाट जबरजस्ती करणीको १ ,बहुबिबाहका १ , आत्म हत्याका २  , तुर्माखाँद गाउँपालिका बाट जबरजस्ती करणी उयोगको १ , आत्महत्या दुरुत्साहन १ , अभद्र व्यवहार २ , आत्महत्याका  २ उजुरी परेका प्रहरी नायव उपरिक्षक पाठले जानकारी दिनु भयो । 
मानिहरु जती शिक्षित र सचेत बन्दै छन  हिंसा र हत्याका का घटना पनि त्यति नै बढ्दैछन । पछिल्लो समय  हरेक दिन नेपालमा हत्या हिंसाका दर्जनौं घटना भइरहेका छन्। बलात्कारपछि हत्या, आफन्तद्धारा आफन्तकै हत्या ,पतिद्वारा पत्नीको हत्या, लगाएतका घट्ना  दिनप्रति बढिरहेका छन्। हिंसाका यस्ता घटना न्यूनीकरणकामा कानुन भने फितलो देखिएको छ ।  सरकारले महिला हिंसा न्यूनीकरणमा वर्षेनी खर्च गर्दै आइरहेको भए पनि लगानी अनुरुपको फल भने पाउन सकेको छैन । हिंसाका घटना देशभरि हुने गरेपनि अछाममा  घरेलु हिंसाको मुख्य कारण  पित्री सत्तात्मक सोच रहेको महिला अधिकारकर्मि पशुपती कुँवरको भनाई छ । महिलाहरुले घरमै कुन्ठीत भएर बस्नु पर्छ, आफु माथि अन्याय भए पनि बाहिर आवज उठाउनु  हुदैन  भन्ने पुरानै सोचका कारण पनि हिंसामा कमि नभएको उँहाको बुझाई छ । कुनै महिलाले साहस गरेर उजुरी दिहाले पनि घर परिवार र समाज बाट आउने डर धम्कीले उजुरी नै फिर्ता लिन बाध्य हुन्छन महिलाहरु । एकातिर घर समाजको दबार अर्का तिर महिलाहरूलाई आर्थिक र सामाजिक रूपमा सशक्त बनाउन नसक्नुले पनि हिंसाका घटनामा कमि आउन नसकेको उँहाको भनाई छ ।  हिंसाविरुद्ध पर्याप्त ऐन–कानुन हुँदाहुँदै पनि कार्यान्वयन र कारबाही प्रक्रिया फितलो हुँदा मुद्दा कमजोर र ओझेलमा पर्दै गएको महिला अधिकारकर्मि कुँवरको बुझाई छ । पिडीतले उजुरी दिए पनि उसलाई बिभिन्न ठाउबाट दबाब दिएर कानुनी प्रकृया सम्म नपुगेरै मुद्धा सेलाउने गरेको उँहाले बताउनु भयो । हिंसा न्युनिकरणका लागि स्थानिय तहले पनि बिषेश पहल गर्नै जरुरी रहेको उँहाको भनाई छ । स्थानिय तहले भौतिक संरचना निर्माणका लागि अरबौ बजेट बिनियोजन गरीए पनि हिंसा न्युनिकरणका लागि भने कुनै पनि योजना ल्याएको छैन । हिंसा न्युनिकरणका लागि सरकारी तथा गैरसरकारी संस्थाले गाँउ गाँउमा गएर जनचेतना  मुलक कार्यक्रम गर्ने, कानुनको प्रभावकारी कार्यान्वयन भएमा , हिंसा गर्ने महिला वा पुरुषलाई कानुनि कारबाहि गर्नै ,लैंगिक हिंसाविरूद्ध सचेतना अभिवृद्धि गर्दै परिवार र समुदायलाई जिम्मेवार बनाउनु र हिंसा न्यूनीकरणमा स्थानीय तह तथा त्यहाँ गठन भएका न्यायिक समितिले थप जिम्मेवार बनेमा हिंसाका घट्नामा कमि हुने उँहाको भनाई छ । यस्तै प्रहरी नायव उपरीक्षक सन्तोश पाठकका अनुसा  हिंसाको मुख्य कारण मधिरा सेवन रहेको छ । श्रीमानले मादक पदार्थ सेवन गरेर यातना दिने लगाएका घट्ना बढीरहेको उँहाले बताउनु भयो । प्रहरीमा आएको उजुरीमध्ये मादक पदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, घरायसी झैँझगडा,लगायतको घटना रहेका जिल्ला प्रहरी कार्यालय अछामको तथ्याङकले देखाएको छ । 

प्रतिक्रिया