Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

फोहोरबाट मोहर घर घरमा बायोग्यास

फोहोरबाट मोहर घर घरमा बायोग्यास

शिवराज ढुङ्गाना 

अछाम, साउन ९ गते । मङ्गलसेन नगरपालिकाले नगर तथा बजार क्षेत्रबाट निस्कने फोहोरबाट बायोग्यास निकालेर स्थानीयवासीलाई निःशुल्क रूपमा वितरण गरेको छ । बायोग्यास प्लान्टबाट निस्केको बायोग्यास पाइपलाइनबाट घर घरमा पु-याउने कार्य भइरहेको छ । 

यस नगरपालिकाको वडा नम्बर–६, तेसिङ्गेमा ‘डम्पिङ साइट’ मा बायोग्यास प्लान्ट स्थापना गरी करिब ५० हजार लिटर ग्यास उत्पादन तथा भण्डारण गरिएको पालिकाले जनाएको छ । बायोग्यासबाट दाउराको सट्टा घरमा आगो बाल्न तथा खाना पकाउन सहज भएको तेसिङ्गेका स्थानीय ताराप्रसाद भण्डारीले बताउनुभयो । “घरमा ग्यास जडान भयो, अब दाउराको दुःख जान्या भयो,” भण्डारीले खुसी हुँदै भन्नुभयो । 

घरमा बायोग्यासको पाइपलाइन जडानसँगै ग्यास चुलोसमेत पाइसकेको उहाँले बताउनुभयो । कतिपयको घरमा भने ग्यासको पाइप जडान कार्य जारी छ । पालिकाले नमुनायोग्य कार्य गरेको भनाइ स्थानीय नगरवासीको छ ।

स्थानीय रङ्गप्रसाद भण्डारी आफूहरू ‘डम्पिङ साइट’ प्रभावित क्षेत्रको बासिन्दा भएकाले बायोग्यास सेवा लिनेमा पहिलो प्राथमिकतामा परेको बताउनुहुन्छ । अहिले पाँच घरमा ग्यास पाइप जोडेर खाना पकाउन सुरु गरिएको छ ।

वडाध्यक्ष देवेन्द्रप्रसाद भण्डारीले अन्य घरमा बायोग्यास जडानको काम भइरहेको जानकारी दिनुभयो । फोहोरबाट निकालिएको बायोग्यासलाई ७० घरधुरीमा निःशुल्क रूपमा वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । 

इन्जिनियर खम्म केसीका अनुसार बजारबाट निक्केको कुहिने फोहोर सङ्कलन गरेर मिश्रण प्रविधिबाट लेदो बनाइन्छ । उक्त लेदोलाई पाइपको माध्यमबाट डाइजेस्टरमा पठाई ग्यास निकाल्ने गरिएको छ । यसरी उत्पादन भएको ग्यास पाइपलाइनबाट घर घरको चुलोमा पठाइने गरेको छ । नगरपालिकाले हेटौँडाबाट बायोग्यास प्लान्ट जोड्ने जनशक्ति ल्याई गएको फागुन महिनाबाट उक्त कामको थालनी गरेको हो । फोहोरको उपयुक्त व्यवस्थापन साथै स्थानीयलाई ऊर्जा सेवा र मल प्राप्ति गर्ने विश्लेषण अनुसार बायोग्यास प्लान्ट निर्माण गरिएको नगर प्रमुख पदमबहादुर बोहराले बताउनुभयो । 

कुहिने वस्तुको उचित व्यवस्थापन पनि हुने भयो, स्थानीय नागरिकले ग्यास पनि पाउने भए र ग्यास निकाल्न प्रयोग गरेको फोहोरले मलको पनि काम गर्ने भएकाले खेतीपातीमा प्रयोग गर्न सकिने भनाइ उहाँको छ । बायोग्यासलाई दीर्घकालीन रूपमा सञ्चालनका लागि आवश्यक फोहोरको सङ्कलन तथा व्यवस्थापनको कामलाई ध्यान दिइने बताइएको छ । मङ्गलसेन नगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको १८ लाख २० हजार र जिआइजेट तथा रिप संस्थाको प्राविधिक सहयोगमा बायोग्यास प्लान्ट स्थापना गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीले जानकारी दिनुभयो ।

उक्त कार्यमा नगरको ससर्ततर्फको १० लाख, ऊर्जाको आठ लाख २० हजार रकम खर्च भएको छ । फोहोरको सङ्कलन, ग्यास उत्पादनको अवस्था र प्राविधिक विश्लेषण गरेर उपभोक्ताको सङ्ख्या बढाउने योजना रहेको बताइएको छ ।   

प्रतिक्रिया