Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

बाजुरामा जहाजको पर्खाइमा एक विरामीको मृत्यु

बाजुरामा जहाजको पर्खाइमा एक विरामीको मृत्यु

बाजुरा— बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा जहाज कुर्दाकुर्दै एक बिरामीको मृत्यु भएको छ।  मृत्यु हुनेमा मुगु जिल्ला खत्याड गाउँपालिकाका–१ का ६० वर्षीय विर्खलाल कार्की रहेका छन ।

मुगुकाे रातापानी प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि रातापानी प्राथामिक स्वास्थ्य केन्द्रले दुई दिन अगाडी कोल्टि प्राथाकि स्वास्थ्य केन्द्र बाजुरामा रिफर गरिएको थियो । उच्च रक्तचापका कारण जटिल समस्य देखिए पछि ८ गते रिफर गरिएको कोल्टि प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रतिक न्यौपानेले बताए ।

रिफर त गरियो बर्षातका कारण कर्णाली करिडोर र मार्तडी कोल्टी सडक पनि अवरुद्ध कोल्टी बिमानस्थलमा मौसम खरामीका कारण जहाज पनि नआएपछि हिजोराती मृत्यू भएको डाक्टर न्यौपानेले बताए ।

मार्तडी कोल्टी र कर्णाली करिडोर सडकको बाटो बर्षातका कारण बिग्रीएर अवरुद्ध भएपछि आफन्त जहाज कुरि बसेका थिए । रिफर गरिएको दुई दिनसम्म पनि जहाज नआए पछि आफन्तले हेलिकप्टरको समेत जोहो गर्ने प्रयास गरेका थिए । सडकको बाटो संम्भव नभएको, जहाज नआएको र हेलिकप्टर समेत मौसमका कारण नआउने अवस्था भएपछि कार्कीले प्राथमिक स्वास्थ्य केन्द्रमै ज्यान गुमाएका हुन् ।

 उच्च रक्तचाप सहीतको समस्याले मान्छे चिन्न र बोल्न समेत नसक्ने अवस्था भएकोले सिटी स्क्यान नगरि उपचार संभव थिएन्, हामीसँग त्यो सुविधा छैन्, हामीले रिफर गर्र्यौ, जहाज आएन्, सडकबाट लिन झनै संभव नै थिएन्, दुर्भाग्य बचाउन सकिएन, डाक्टर प्रतिक न्यौपानेले भने । तीन महिना यता मात्रै ४ जना बढीले जहाज कुर्दै र सडकबाटो लैजादै गर्दा ज्यान गुमाई सकेका छन् ।

कोल्टीमा जेठ पहिलो साता ३ दिनको अवधीमा रिफर गरेका २ जना विरामीको ज्यान गएको थियो । बुढीनन्दा नगरपालिका ३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका १ की ऐना गिरीलाई जहाज नआएपछि पैदलमार्गबाट धनगढी लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो ।
विरामीले जहाज पर्खी बसेपनि उनीहरुका लागि काल पहिला आउने र विमान पछि हुने अवस्था यो पटक पनि निरन्तरता पाएको स्थानीय  जनक कुमार विष्टले बताएका छन् । अघिल्लो वर्षको अन्तिम तिर बुढीनन्दा १० का निवर्तमान वडा अध्यक्ष सतवीर बोहराको पनि जहाज कुर्दाकुर्दै मृत्यु भएको थियो । हृदयघातका विरामी बोहरालाई कोल्टीमा जहाज कुर्दा काल पहिला आएको थियो ।

सिजनमा हवाइ कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन् । नेपालकाे पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको अवस्था छ । हेलिकप्टर चार्टर गर्न सबैले नसक्ने, हवाई सेवा नियमित छैन्, एम्बुलेन्स सेवा समेत नभएपछि विरामीलाई समस्या हुने नै भयो, डाक्टरहरुको सामुहीक गुनासो छ । एम्बुलेन्स नै नभएर सामान्य जीपमा जानु पर्ने  हुँदा अक्सीजन समेत जोड्न समस्या हुने अवस्था यहाँका नागरिकले भोग्नु परेको छ । कोल्टी क्षेत्रका स्थानीयले कहिल्यै हवाइ सेवा, कहिल्यै चिकित्सक सेवा कहिल्यै औषधी अभावको समस्या वर्षेनी भोगिरहन बाध्य छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ