Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १९ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

वेतन कर्णालीको काम छिटो अघि बढाउन अछाम सुर्खेतका जनप्रतिनिधिको माग

वेतन कर्णालीको काम छिटो अघि बढाउन अछाम सुर्खेतका जनप्रतिनिधिको माग

अछाम । वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कामलाई अघि बढाउनको लागि वुधवार अछाम र सुर्खेतका जनप्रतिनिधिले आयोजना प्रमुख उपेन्द्र न्यौपानेसँग छलफल गरेका छन् ।

अछाम–सुर्खेत बीचमा रहेको कर्णाली नदीमा निर्माण गरिन लागेको वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका देखिएका समस्याका वारेमा छलफल भएको पूर्व मन्त्री एवंम, अछाम निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभाका सदस्य शेरबहादुर कुँवरले जानकारी दिए ।

वेतन कर्णालीका कारण जंगलघाटमा बन्ने पुल डुव्ने भए विकल्प खोज्नुपर्ने, मुआब्जा चाँडो वितरण गर्र्न, केही जग्गाको मुआब्जा वितरणमा समस्या भएमा पालिकालाई रोहवरमा मुआव्जाको प्रक्रिया अघि बढाउन र जग्गाको वर्गिकरण न्यायोचित हुनु पर्ने विषयमा सुझाव दिएको पूर्व मन्त्री कुँवरको भनाई रहेको छ ।

जग्गा वर्गीकरण र मूल्य निर्धारण भएपनि अहिलेसम्म मुआब्जा वितरण नभएकोमा आयोजना प्रमुखको ध्यानाकर्षण गराएको पूर्व मन्त्री कुँवरले जानकारी दिए । जवाफमा आयोजना प्रमुख न्यौपानेले असोज महिना भित्र मुआब्जा वितरण गर्ने तयारी भईरहेको वारेमा जानकारी गराए ।

वेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनमा देखिएको समस्या समाधानको लागि केही दिनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, अछाम र सुर्खेतका जनप्रतिनिधि र प्राविधिक सहित टोली आयोजनमा स्थलमा आउने पूर्व मन्त्री कुँवरको भनाई रहेको छ।

वेतन कर्णाली अर्धजलाशययुक्त आयोजनाको अहिलेसम्मको भौतिक प्रगतिको वारेमा आयोजना प्रमुख उपेन्द्र न्यौपानेसँग छलफल भएको अछाम निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभाका सदस्य पुष्पबहादुर शाहले जानकारी दिए । वेतन कर्णालीको निर्माण कार्य कुनै पनि वाहनामा नरोक्न र समस्या भएमा सरकारसँग छलफल गर्ने विषयमा आयोजना प्रमुखलाई सुझाव दिएको सांसद शाहको भनाई रहेको छ ।

आयोजना सुदूरपश्चिम र कर्णाली प्रदेशकै साझा एवं गौरवको आयोजना भएका कारण कुनै पनि हालतको यसको काम समयमा सम्पन्न गर्नको लागि सुझाव दिएको सांसद शाहको भनाई रहेको छ । उनले जंगलघाट पूल निर्माणमा विवाद समाधार गर्ने अग्रसर रहेको बताउँदै दुवै आयोजना बन्नु पर्नेमा जोड दिए ।

ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ श्रेणीमा वर्गीकरण गरिएको छ । आयोजनाले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका जग्गालाई प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँको दरले मुआब्जा दिने र यसैगरी ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी पाँच लाख ४६ हजार ३ सय ३२ रुपैयाँको दरले मुआब्जा पाउने छन् ।

वेतन कर्णाली जलविद्युत् आयोजनाबाट प्रभावित हुने करिब दुई हजार ५०० रोपनी जग्गामध्ये अछामको तुर्माखाँद र ढकारीमा एक हजार ८४४ रोपनी जग्गा पर्छ । आयोजनाबाट अछामको ढकारी गाउँपालिका–६, तुर्माखाँद गाउँपालिकाका–३, ४ र ५ नाडाका बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् ।

सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–६, पञ्चपुरी नगरपालिका–७ का बासिन्दा प्रत्यक्ष प्रभावित हुनेछन् ।वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४३९ मेगावाटको अर्धजलाशययुक्त आयोजनाको विद्युत्गृह, बेसक्याम्प हाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६ को ढुङ्गाचाल्नामा निर्माण हुनेछ ।

आयोजनाको डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ मा र बाँधस्थल दुवै गाउँपालिकाको सीमामा पर्नेछ ।

आयोजना प्रमुख उपेन्द्र न्यौपानेसँगको छलफलमा सुर्खेतका सांसद ह्रदयरामि थानी, सविधानसभा सदस्य शरदसिंह भण्डारी, नेपाली कांग्रेसका नेता महासमिति सदस्य बल बहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ