Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

भीम रावलको ‘कमब्याक’

भीम रावलको ‘कमब्याक’

एमालेका पूर्वउपाध्यक्ष भीम रावल पार्टी काममा फर्किएका छन् । दशौँ महाधिवेशनयता निष्क्रिय रावल गृहजिल्ला अछाममा पार्टीले आयोजना गरेको कार्यक्रममा औपचारिक रूपमा सहभागी भएर काममा फर्किएका हुन् ।

साउनयता रावल लगातार पार्टीका विभिन्न कार्यक्रम र नेता-कार्यकर्ता भेटघाटमा सक्रिय भएका छन् । पार्टी अध्यक्ष केपी ओलीले रावललाई जिम्मेवारीसहित पार्टी काममा फर्काउन उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा वार्ता टोली नै बनाएर एक चरण वार्ता गरे पनि कुनै टुंगो लागेको छैन । नयाँ जिम्मेवारी नपाए पनि पार्टीमा सक्रिय बन्ने गरी रावल एमालेको काममा फर्किएका हुन् ।

१ साउनमा अछामको साँफेबगरमा नगर कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अन्तरकृया कार्यक्रममा उनी प्रमुख अतिथि थिए । कार्यक्रममा उनले नेता–कार्यकर्तालाई मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र एमालेको अबको कार्यदिशाबारे प्रशिक्षण दिएका छन । 

त्यस्तै, ४ साउनमा साँफेबगरमै रावलले नेता–कार्यकर्ताको समूहमा अलग्गै छलफल गरे । ७ साउनमा अछामको बयलपाटा अस्पतालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवसका अवसरमा आयोजित वृक्षरोपण कार्यक्रममा नेता–कार्यकर्तासहित सहभागी भए ।

एक साताभन्दा बढी सुदूरपश्चिम बसेका रावलले काठमाडौं फर्किने क्रममा लुम्बिनी, कर्णाली र बागमती प्रदेशका नेता–कार्यकर्तासँग पनि भेटघाट गरेको उनको सचिवालयले जनाएको छ । रावल बुधबार काठमाडौं फर्किएका छन् । यसबीचमै उनले धनगढी, दिपायल, बर्दिया, बाँकेको नेपालगन्ज, कोहलपुर, दाङ, बुटवल, नवलपुर, चितवनको नारायणघाटलगायत स्थानमा नेता–कार्यकर्तासँग भेटघाट गरेका छन् । 

पार्टीको दशौँ महाधिवेशनपछि पार्टीमा निष्क्रिय भूमिकामा रहेका पूर्वउपाध्यक्ष रावललाई जिम्मेवारी दिने सवालमा एमाले नेतृत्व भने अझै अनिर्णीत छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एक चरण छलफलपछि पार्टीद्वारा गठित वार्ता टोली र पूर्वउपाध्यक्ष रावलबीच संवाद छैन ।

३ वैशाखमा उपाध्यक्ष विष्णु पौडेल, सचिव लेखराज भट्ट र स्थायी समिति सदस्य कर्ण थापाको वार्ता टोलीले रावलसँग छलफल गरेपछि अध्यक्ष ओलीले छलफलको प्रगतिबारे ‘ब्रिफिङ’ लिएका थिए । जिम्मेवारीलगायत विषयमा नेतृत्वसँगै बसेर निर्णायक कुरा गर्न रावलको प्रस्तावबारे टोलीले ‘ब्रिफिङ’ गरे पनि तीन महिनादेखि अध्यक्ष ओलीले उनलाई कुराकानीका लागि बोलाएका छैनन् । 

प्रतिक्रिया