Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सांसदद्वारा वेतन कर्णाली आयोजनाको प्रगति माग

सांसदद्वारा वेतन कर्णाली आयोजनाको प्रगति माग

अछाम । अछाम र सुर्खेतका जनप्रतिनिधिले निर्माणाधीन वेतन कर्णाली जलविद्युत आयोजनाको प्रगतिबारे जानकारी माग गरेका छन् ।  जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद, पुर्वमन्त्री र पूर्व सांसदले निर्माण कार्यको प्रगतिका विषयमा जानकारी माग गर्नुभएको हो । 

बुधबार भएको कार्यक्रममा आयोजनाका प्रमुख उपेन्द्र न्यौपानेसँग भौतिक प्रगतिका विषयमा छलफल गरे । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्नुहुने सङ्घीय सांसद तथा पुर्वमन्त्री शेरबहादुर कुँवर, अछाम २ का सङ्घीय सांसद पुष्पबहादुर शाह, सुर्खेतका सांसद हृदयराम थानी, संविधान सभा सदस्य शरदसिंह भण्डारी लगायतको सहभागिता थियो ।  

छलफलका क्रममा जनप्रतिनिधिले जग्गाको मुआब्जा, जंगलघाटको पुल, जग्गाको वर्गीकरणलगायतको विषयमा चासो देखाएको छलफलमा सहभागी तुर्माखाँद गाउँपालिकाका पूर्व अध्यक्ष पुष्पराज शर्माले जानकारी दिए । 

कर्मचारी सञ्चयकर्ताको मुख्य लगानीमा बन्न लागेको वेतन कर्णाली जलविद्युत आयोजना (४३९ मेगावाट) को भौतिक प्रगतिका बारेमा आयोजना प्रमुख न्यौपानेले जानकारी गराए। उहाँका अनुसार जग्गाको मुआब्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । 

अछामतर्फको जग्गाको मुआब्जा दर निर्धारण भइसकेको भए पनि सुर्खेततर्फको मुआब्जा दर निर्धारणमा ढिलाइ भएकाले मुआब्जा वितरणमा ढिलाइ भएको  आयोजनाले जनाएको छ । 

आयोजनाको ड्याम अछामको ढकारी गाउँपालिका –६ मालुमेला तथा सुर्खेतको चौकुने गाउँपालिका –६ मा पावरहाउस निर्माण हुनेछ भने डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका ६ मा पर्छ । मुख्य पावरहाउसमा ४३०।२ मेगावाट र वातावरणीय बहावबाट थप ८.८ मेगावाट विद्युत उत्पादन हुनेछ । 

कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । 

शेयर संरचनाअनुसार कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत, कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, विद्युत उत्पादन कम्पनी लिमिटेडको १० प्रतिशत, प्रभावित बासिन्दाको १० प्रतिशत, सर्वसाधारणको १३ र आयोजना प्रभावित क्षेत्रका अति विपन्न परिवारको दुई प्रतिशत शेयर स्वामित्व रहने व्यवस्था गरिएको छ । 

८८ अर्ब लागत रहेको यो आयोजना अबको चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यहाँबाट उत्पादित विद्युतले पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख १२ हजार तथा निर्माण सम्पन्न भएको नौ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख आठ हजार वार्षिक आय हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया