Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आगलागी पीडितलाई राहत सहयोग

आगलागी पीडितलाई राहत सहयोग

अछाम। आगलागी भएर घर जलेर नष्ट भएका पीडित अछाम सदरमुकाम मंगलसेन बजार निवासी मना भण्डारीलाई मङ्गलसेन नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ । 

नगरपालिकाले पीडित भण्डारीलाई त्रिपाल, एक जोर ओढ्ने ओछ्याउने, प्रेसरकुकरसहित एक जोर भाँडाकुँडा प्रदान गरिएको नगरको विपद् शाखाका नरेशबहादुर कठायतले जानकारी दिए ।

त्रिपाल, चामल, दाल, मसला, चिनी, चियापत्ती, ब्रस, कोलगेटलगायतका सामग्री पीडितको घरमै पुगेर सहयोग गरेको छ । यस्तै, डसना, सिरक, तन्ना, सिरानी, प्रेसरकुकर, थाल, लोहोटा, कचौरा, ताप्के, डाडुपुन्यु, झाडुलगायतका सामग्री सहयोग गरिएको नगरपालिकाका पदाधिकारीले जनाएका छन् । 

राहत सामग्री मङ्गलसेन नगरपालिकाका वडा अध्यक्षहरू, कर्मचारी र स्थानीयको सहभागितामा हस्तान्तरण गरिएको छ । “पीडितलाई तत्काल राहत होस् भनेर नगरपालिकाले सहयोग गरेको हो” नगरपालिका विपद् शाखा प्रमुख कठायतले बताए ।  

आज बिहान करिब ९ बजेतिर अछाम सदरमुकाम मंगलसेनबजार निवासी मना भण्डारीको घर जलेर नष्ट भएको थियो । नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सान्यमा आगोलाई नियन्त्रण लिए पनि घर, लत्ताकपडा, खाद्यान्न, नगद, जिन्सी सामग्री जलेर नष्ट भएको थियो । 

प्रतिक्रिया

ट्रेन्डिङ