Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

आगलागी पीडितलाई राहत सहयोग

आगलागी पीडितलाई राहत सहयोग

अछाम। आगलागी भएर घर जलेर नष्ट भएका पीडित अछाम सदरमुकाम मंगलसेन बजार निवासी मना भण्डारीलाई मङ्गलसेन नगरपालिकाले राहत सहयोग प्रदान गरेको छ । 

नगरपालिकाले पीडित भण्डारीलाई त्रिपाल, एक जोर ओढ्ने ओछ्याउने, प्रेसरकुकरसहित एक जोर भाँडाकुँडा प्रदान गरिएको नगरको विपद् शाखाका नरेशबहादुर कठायतले जानकारी दिए ।

त्रिपाल, चामल, दाल, मसला, चिनी, चियापत्ती, ब्रस, कोलगेटलगायतका सामग्री पीडितको घरमै पुगेर सहयोग गरेको छ । यस्तै, डसना, सिरक, तन्ना, सिरानी, प्रेसरकुकर, थाल, लोहोटा, कचौरा, ताप्के, डाडुपुन्यु, झाडुलगायतका सामग्री सहयोग गरिएको नगरपालिकाका पदाधिकारीले जनाएका छन् । 

राहत सामग्री मङ्गलसेन नगरपालिकाका वडा अध्यक्षहरू, कर्मचारी र स्थानीयको सहभागितामा हस्तान्तरण गरिएको छ । “पीडितलाई तत्काल राहत होस् भनेर नगरपालिकाले सहयोग गरेको हो” नगरपालिका विपद् शाखा प्रमुख कठायतले बताए ।  

आज बिहान करिब ९ बजेतिर अछाम सदरमुकाम मंगलसेनबजार निवासी मना भण्डारीको घर जलेर नष्ट भएको थियो । नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सान्यमा आगोलाई नियन्त्रण लिए पनि घर, लत्ताकपडा, खाद्यान्न, नगद, जिन्सी सामग्री जलेर नष्ट भएको थियो । 

प्रतिक्रिया