Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २५ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न

सामाजिक अभियन्ता कुँवरले विज्ञप्ति मार्फत बयालपाटा अस्पतालको ध्यानाकर्षण गराए

सामाजिक अभियन्ता कुँवरले विज्ञप्ति मार्फत बयालपाटा अस्पतालको ध्यानाकर्षण गराए

धिरज कुँवर (अछाम)

                  न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्था द्वारा संचालित बयालपाटा अस्पतालले जागीर बाट निकालेका कर्मचारीलाई आफू अनुकुल निर्णय गरेर हटाएकोमा सर्वत्र बिरोध सुरु भएको छ । बयालपाटा अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी साफेबगर नगरपालिका ६ भागेश्वरका सिद्धार्थ आउजीको नेपालगन्जमा उपचारका क्रममा निधन भएको मर्माहत बनाएको भन्दै साँफेबगर नगरपालिका ३ सिद्देस्वर घर भइ अहिले जापानमा बस्ने सामाजिक अभियन्ता लोकेन्द्र जंग कुवँर 'लोचन' ले विज्ञप्तिमार्फत बयालपाटा अस्पतालको ध्यानाकर्षण गराएका छन ।

 'साेमबार बिहान अस्पताल क्षेत्र भित्र शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछी उपचारका क्रममा दिवंगत सिद्धार्थ आउजी प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ । कोरोना भाइरसले अन्तराष्ट्रिय महामारीको स्वरुप लिइसकेको र नेपाल पनि यस ठुलो रुप लिएको यो बिषम अवस्थामा न्याय हेल्थ नेपालले जागीर बाट निकालेर असहज स्थितिको सृजना भए पछि घटना घटेको सबलाई जानकारी नै छ ' विज्ञप्तिमा भनिएको छ ,' न्याय हेल्थ नेपालका जिम्मेवार अधिकारी र सो संस्था द्वारा संचालित बयालपाटा अस्पतालका जिम्मेवार ब्यक्तिको अहम र लापरबाहीका कारण सिद्धार्थ आउजीको ज्यान गएको हो भन्नेमा दुई मत छैन । न्याय हेल्थ नेपालले बेरोजगार बनाएका बयालपाटा अस्पतालका ३३ जना कर्मचारीको सम्बन्धमा नेपाली काङ्ग्रेस पार्टीको सक्रियतामा भएको सर्वदलीय सर्वपक्षीय बैठकमा भएको निर्णय कार्यान्वयनका लागि प्रक्रिया सुरु नगरीकन न्याय हेल्थले दु:खद घटनक निम्त्याएको हाम्रो ठम्याइ हो ।' आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा ज्यान गुमाएका सिद्धार्थ आउजीको परिवारलाई न्यायका लागि बुदागत माग अघाडि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

' न्याय हेल्थ नेपाल अछामका जिम्मेवार व्यक्ति माथि छानबिन गरि कडाभन्दा कडा कानुनी कार्वाहीको लागि जोडदार माग गर्दछौं 'विज्ञप्ति मार्फत भनिएको छ, जागीर बाट निकालिएका मृतकका परिवार लाई उचित राहत, बच्चा हरुको उचित पठन पाठन का साथै मृतक कि श्रिमतिलाई रोजगारी दिनु पर्ने छ । जागिर बाट निकालिएका ३३ जना कर्मचारीलाई यथासिघ्र पुनर्वाहलि गर्ने र सबै कर्मचारीको पारिश्रमिक पनि नेपाल  सरकारले तोकेको मापदण्डका आधारमा निर्धारण हुनुपर्ने माग गरिएको छ । संस्थामा आफ्नो पोष्टको अधिकारको दुरुपयोग गरि अराजकता मच्चाउने डाक्टर विकाश गौचन, एसपि कोलौनी ,सिर्जना गुरुङ र आफ्ना श्रीमान्को पोष्टको दम्भ देखाउदै कर्मचारीहरुलाई त्रास फैलाउने र अछामीलाई 'अछामी हरामी'भनि गालि गरेको आरोप लगाइएको छ । र शेरचनले तत्काल राजिनामा दिने माग गरिएको छ । न्याय हेल्थ नेपाल अछामका जिम्मेवार व्यक्तिको सम्पति विबरण छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।

कुवँर द्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै माग प्रती अछाम जिल्लाका प्रमुख ,जनप्रतिनिधिहरु, राजनितिक दलका नेता, प्रशासनप्रमुख पत्रकारलगायत सबैको ध्यानाकर्षण गरिएको छ । 'बयालपाटा अस्पतालले दिएको सेवाको सधै सम्मान गर्दै अस्पतालको दिगो विकासको आफ्नो तर्फबाट हुन सक्ने सहयोगका लागी कहिल्यै पछी हट्ने छैनौ' विज्ञप्तिमा भनिएको छ ,'पुरै संस्था नै एक जना डाक्टर विकास गौचनको सती जानु भन्दा डा विकाश को राजिनामा एक मात्र विकल्प रहेको कुरामा दुईमत नै छैन ।' बयालपाटा अस्पताल ले विगत लामो समय देखी निशुल्क सेवा दिईरहेको कुराको सदैब सम्मान गरेको र सेवा दिईरहेको कारण एक जना कर्मचारीले सासन चलाएको कदापी स्विकार्य नहुने उनले उल्लेख गरेका छन । 'नैतिकता को आधारमा पनि डा विकाश गौचनले राजिनामा दिएर अन्य बाटो खुलाईदिन जोडदार माग गर्दछौ । ' विज्ञप्तिमा भनिएको छ 'डा विकाश गौचनकि श्रीमती रेखा शेरचनजी ले एक जना भाईलाई फोन गरेर अछामी हरामी कुकुर भनेर गरेको गाली को पनि घोर भर्सना गर्दै स्पष्टिकरण को माग गर्दछौ । यो हामी न्याय प्रेमी र सत्यका हिमायति अछामी युवाहरुको आवाज हो । '

नेपाल जनसम्पर्क समिती कान्तो जापान का  सचिव र सुदूरपश्चिमेली नेपाली समाज अन्तर्राष्ट्रिय समितिको संस्थापक केन्द्रिय सदस्य समेत रहेका कुँवरले न्यायको पक्षमा उभिन सबैलाई आग्रह समेत गरेका छन ।

 

 

प्रतिक्रिया