ताजा अपडेट
अबिरल बर्षाले गौमुल गाउँपालिका ३ का ७ घर बिस्तापित
विहिवार राति गएको अबिरल बर्षा संगै आएको पहिरोले गौमुल गाउँपालिका ३ ढल्काँडाका ७ परिवार बिस्तापित भएका छन । राति आएको बर्षासंगै गाउँको माथिबाट पहिरो आएपछी ७ परिवार बिस्थापित भएका हुन । त्यसै गरि सोही वडाको बेहरीका पनि केही घरपरिवार पहिरोले विस्थापित बनाएको गौमुल गाउँपाििलका उपाअध्यक्ष सिता थापाले जानकारी दिएकी छन । अबिरल बर्षाले घर वरिपरिको जमिन बगेसंगै उक्त वडाका ७ परिवार बिस्थापित भएको उपाअध्यक्ष थापाले बताएकी छन ।
ढल्काँडाका राजेन्द्र धामी, मान बहादुर बोहरा, बसन्त बोहरा, झाक्री बोहरा, अफिलाल बोहरा र बिज्रित बोहराका घरहरु पुरै पहिरोमा परेर बिस्थापित भएको उपाअध्यक्ष थापाले बताएकी छन ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो ठाउँमा प्रहरीको टोली गएको र पुरा बिवरण नआएको जनाएको छ । प्रहरीको टोलीले बिवरण नल्याए सम्म कति क्षेती भयो भन्नेबारे एकिन गर्न नसकेको जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया