ताजा अपडेट
अबिरल बर्षाले गौमुल गाउँपालिका ३ का ७ घर बिस्तापित
विहिवार राति गएको अबिरल बर्षा संगै आएको पहिरोले गौमुल गाउँपालिका ३ ढल्काँडाका ७ परिवार बिस्तापित भएका छन । राति आएको बर्षासंगै गाउँको माथिबाट पहिरो आएपछी ७ परिवार बिस्थापित भएका हुन । त्यसै गरि सोही वडाको बेहरीका पनि केही घरपरिवार पहिरोले विस्थापित बनाएको गौमुल गाउँपाििलका उपाअध्यक्ष सिता थापाले जानकारी दिएकी छन । अबिरल बर्षाले घर वरिपरिको जमिन बगेसंगै उक्त वडाका ७ परिवार बिस्थापित भएको उपाअध्यक्ष थापाले बताएकी छन ।
ढल्काँडाका राजेन्द्र धामी, मान बहादुर बोहरा, बसन्त बोहरा, झाक्री बोहरा, अफिलाल बोहरा र बिज्रित बोहराका घरहरु पुरै पहिरोमा परेर बिस्थापित भएको उपाअध्यक्ष थापाले बताएकी छन ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो ठाउँमा प्रहरीको टोली गएको र पुरा बिवरण नआएको जनाएको छ । प्रहरीको टोलीले बिवरण नल्याए सम्म कति क्षेती भयो भन्नेबारे एकिन गर्न नसकेको जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया