Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

मुख्यमन्त्री शाह काठमाण्डौं प्रस्थान, सरकारलाई पूर्णता दिने बारे छलफल गरिने

मुख्यमन्त्री शाह काठमाण्डौं प्रस्थान, सरकारलाई पूर्णता दिने बारे छलफल गरिने

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह मन्त्रीहरु सहित आज काठमाण्डौं प्रस्थान गरेका छन् । सरकारलाई पूर्णता दिनका लागि केन्द्रीय स्तरमा सहमती जुटाउन मुख्यमन्त्री शाह मन्त्रीहरु सहित काठमाण्डौं गएका हुन् ।

यसअघि नै भौतिक पूर्बाधार विकास मन्त्री प्रकाश देउवा र उद्योग, बन, वातावरण तथा पर्यटन मन्त्री रमेश धामी काठमाण्डौं पुगिसकेका थिए । थप मन्त्री सहित मुख्यमन्त्री शाह काठमाण्डौ गएका हुन् ।

मुख्यमन्त्रीसँगै अर्थमन्त्री नरेश बहादुर शाही पनि काठमाडौँ  गएका छन् ।  नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पनि काठमाडौमै छन् ।  । आज मुख्यमन्त्री र अर्थमन्त्री पनि काठमाडौँ पुगेपछि सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा विगत सात महिनादेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्री विहीन छ । अहिले सम्म यस मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहले सम्हालेका छन् ।

मुख्यमन्त्री सरकार विस्तार गर्न तयार भएपनि नागरिक उन्मुक्ति पार्टी भित्रैको विवादका कारण मन्त्रीमण्डल विस्तार हुन नसकेको हो ।  यसैबीच शीर्ष नेताहरूसँग छलफल गरि चाँडै सरकारलाई पूर्णता दिने उद्देश्य सहित मुख्यमन्त्री शाह काठमाडौँ गएका हुन् ।

एक जना मन्त्रीले सरकार विस्तारसंगै अन्य विकासका मुद्दामा समेत काठमाण्डौंमा छलफल गर्न मुख्यमन्त्री शाह सहितका मन्त्रीहरु काठमाण्डौं आएको बताए ।

सुदूरपश्चिम प्रदेशमा सोमबार नागरिक उन्मुक्ति पार्टी एक, मन्त्री र एक राज्य मन्त्रीसहित सरकारमा जान तयार भइसकेका थिए । तर, रेशम चौधरीले २ मन्त्रालय नभए सम्म सरकारमा सहभागी नहुने बताएपछि अन्तिममा सरकार विस्तार हुन सकेको थिए । अब काठमाडौँबाट फर्किए लगत्तै सरकार विस्तार हुने दाबी गरिएको छ ।

‘कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँग हामीले २ मन्त्रालय पाउने सहमति भइसकेको छ त्यसैले २ मन्त्रालय नभए सम्म हामी सरकारमा सहभागी नहुने कुरा हो ’ नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले भने ‘केन्द्रीय सहमति अनुसार सुदूरपश्चिममा सरकार विस्तार हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा २ मन्त्रालय खाली छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ७ महिना देखी मन्त्री विहीन छ भने आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि मन्त्रीविहीन छ । अहिले नागरिक उन्मुक्ति ती दुई मन्त्रालय आफ्नो भागमा पर्नु पर्ने अडानमा छ ।

यता मुख्यमन्त्री शाह भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसलाई नै राखेर नागरिक उन्मुक्तिलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मात्रै दिन तयार भइरहेका छन् । दुबै मन्त्रालय नागरिक उन्मुक्ति पार्टीलाई दिएर सरकारमा सहभागी गराउने वा एउटा मन्त्रालयमा मनाउने भन्ने बिषयमा शीर्ष नेताहरू बिच छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया