Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार

कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ ।रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, विच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए । उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलको सर्पदंश केन्द्रबाट उपचार गरिएको छ ।

साथै चालु आवमा साउनको ११ गतेसम्म यहाँ १९ जना सर्पदंशका बिरामीको उपचार भइसकेको सेनानी मल्लले जानकारी दिए । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले गत आवमा ४३ जना सर्पदंशका बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गरिएको जानकारी दिए ।

“आइसियु र भेन्टिलेटरमै राखेर ४३ जना बिरामीको उपचार गरियो”, अध्यक्ष भट्टले भन्नुभयो, “धेरैजसो सर्पदंशका बिरामीको इमर्जेन्सीमै उपचारपछि निको भएर घर फर्किने गरेका छन् ।” उनले सर्पदंशका बिरामीका लागि सर्पदंश उपचार सेवा प्रभावकारी बन्दै गएको बताए ।

प्रतिक्रिया