ताजा अपडेट
एक वर्षमा करिब तीन सय सर्पदंशका बिरामीको उपचार
कञ्चनपुरका पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको सफल उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा समेत सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार गरिएको सेनाले जनाएको छ ।रुद्रध्वज गणका सेनानी दीपेन्द्र मल्लले साधारण तथा विषालु सर्प, विच्छी र अन्य किराको टोकाइबाट बिरामी परेकाको उपचार गरिँदै आएको जानकारी दिए । उनका अनुसार गत आवमा ८६ पुरुष र एक सय ६५ जना महिलको सर्पदंश केन्द्रबाट उपचार गरिएको छ ।
साथै चालु आवमा साउनको ११ गतेसम्म यहाँ १९ जना सर्पदंशका बिरामीको उपचार भइसकेको सेनानी मल्लले जानकारी दिए । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले गत आवमा ४३ जना सर्पदंशका बिरामीको सघन उपचार कक्षमा राखेर उपचार गरिएको जानकारी दिए ।
“आइसियु र भेन्टिलेटरमै राखेर ४३ जना बिरामीको उपचार गरियो”, अध्यक्ष भट्टले भन्नुभयो, “धेरैजसो सर्पदंशका बिरामीको इमर्जेन्सीमै उपचारपछि निको भएर घर फर्किने गरेका छन् ।” उनले सर्पदंशका बिरामीका लागि सर्पदंश उपचार सेवा प्रभावकारी बन्दै गएको बताए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया