ताजा अपडेट
अछामका दुई बालिका ३ दिन देखि सम्पर्क बिहिन
चौरपाटी गाउँपालिका वडा नम्बर ७ डाडामार्कु कि २ बालिका सम्पर्क विहिन रहेकी छन ।
कालु सिह बोगटीकी १६ वर्षिया छोरी हेलु बोगटी र सोही टोलका शिव विक कि १५ वर्षिया छोरी योजना विक ३ दिन देखि सम्पर्क विहिन रहेकी हुन ।
यही साउन १० गते साझ ३/४ बजे तिर घरबाट घाँस काट्न भनी हिडेकी उनको सबैतिर खोजिकार्य तिब्र भैरहेको कहि कतै आफन्त ईस्टमित्र संग सोधपुछ गर्दा पनि कतै नरहेको आफन्तहरुले बताएका छन ।
उनीहरुको खोजी कार्य गर्दा गाउँ नजिकै रहेको लक्ष्मी आधारभुत विद्यालय नजिक घास काट्न भनी बोकेका डोका भेटिएका छन । बालिकाहरु सम्पर्क विहिन रहेको बारे केहि सोच्न नसकिएको र थप अनुसन्धान,खोजी कार्यका लागि प्रहरीलाई खबर भैसकेको वडा अध्यक्ष ललित बहादुर बोगटीले बताए ।
थप खोजी कार्यमा सहयोग गरिदिनका लागि बालिकाका अभिभावकहरुले तपशिलमा जनप्रतिनिधिका नाम सहित सम्पर्क नम्बर छोड्नु भएको छ।
ललित बहादुर बोगटी वडा,अध्यक्ष ९८६८४३१६५७, ९८०४६४७८०९
बिरेन्द्र बहादुर बोगटी वडा,सदस्य ,९८४८५१०१२१ नृप बहादुर बोगटी वडा,सदस्य ९८६८७५४९९१
सेतु देवी बोगटी वडा ,सदस्य ९८६३२९७८४७
बिमला विक वडा सदस्य ९७४६२५३५५६ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया