Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुराको सिम गाउँका २० परिवार विस्थापित

बाजुराको सिम गाउँका २० परिवार विस्थापित

बाजुरा : साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ। बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो। 

गाउँमा बसोबास गर्ने २० वटै परिवारका घर, पहिरोले बगाएर क्षति पु¥याएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए। २० परिवार बसोबास गर्ने सिङ्गो गाउँ नै सार्नु पर्ने गरी विस्थापित बनेको थापाको भनाइ छ। उपाध्यक्ष थापा नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ। अधिकांश घर भत्किसकेको र केही पहिरोले पुरिएको अवस्थामा रहेका छन्। २० वटै परिवार अहिले गाउँ नजिकैको खुला चौर र गोठखरकमा बास बसिरहेको अवस्था रहेको छ। 

नजिकै बस्नलाई सुरक्षित जमिन पनि नभएको र सोही स्थानमा बस्न पहिरोको डर भएकाले नयाँ विकल्प खोजी गर्न जरुरी रहेको उपाध्यक्ष थापाको भनाइ छ। 

तत्कालका स्थान्तरण गर्न जरुरी देखिए पनि दीर्घकालीन समाधानका लागि बस्ती नै सारेर अर्को विकल्प तय गर्नुपर्ने गाउँपालिकाको तयारी छ। घर पहिरोमा पुरिएर क्षति भए पनि स्थानीयलाई खान बस्नसँगै लगाउने कपडाको समेत समस्या देखिएको छ। गाउँको बीचको पुल बगाएर आवतजावत समस्या भएपनि स्थानीय सुरक्षित अवस्थामा रहेको पाइएको छ।

सिमजस्तो उठिबास नै अजय टोट्की गाउँमा नभएको बताइएको छ। सिमका २० परिवारका लागि खान बस्नमात्र समस्या देखिएको छ। पालसहित खाद्यान्न र लत्ताकपडासहित आवश्यक छ। सिममा १२३ जनाको बसोबास छ उनीहरु सबै घर बाहिर खुला आकाशमा बस्न बाध्य छन्। सिङ्गो बस्ती नै उठिबास भए पनि बालबालिका, वृद्धवृद्धा, गर्भपती तथा सुत्केरीका लागि बढी समस्या भएको छ।

पाँच दिनसम्म राहत पाएनन्

अविरल वर्षाका कारण गौमूल गाउँपालिका–२ सिम गाउँमा बाढी पहिरोबाट विस्थापित परिवारले पाँच दिनसम्म राहत पाएका छैनन्। साउन २५ गते रातिको अविरल वर्षाका कारण गाउँको माथिबाट आएको पहिरोले २० परिवारका घर बगाएको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए।

पाँच दिनसम्म पालसमेत नपाएको पीडितले बताएका छन्। बूढीगङ्गा नदीको मुहान हँुदै आएको बाढी र कुहुर्नामा आएको पहिरोले बूढीगङ्गा नदी थुनिँदै आएकोले सिममा पनि नदी थुनिएर ताल बनेपछि सिम गाउँ नै विस्तापित भएको छ, खेतीयोग्य जमिन र गाउँ पूरै बगर बनेको छ। 

राहतको लागि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया काठमाडाँैमा धाइरहेका छन्। बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापालगायत बाजुरा जिल्लाका नेताको पहल भइरहेको गाउँपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ