Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

बाजुराको सिम गाउँका २० परिवार विस्थापित

बाजुराको सिम गाउँका २० परिवार विस्थापित

बाजुरा : साउन २५ गते अविरल वर्षासँगै बूढीगङ्गा नदीमा आएका बाढीका कारण जिल्लाको गौमूल गाउँपालिका–२ सिम गाउँको सिङ्गो बस्ती नै विस्थापित बनेको छ। बूढीगङ्गा नदीको मुहान गौमूल नजिकै पर्ने कुहुनाको पहिरोले नदी थुनिएर आएको बाढीका कारण सिमको सिङ्गो गाउँ नै विस्थापित बनेको हो। 

गाउँमा बसोबास गर्ने २० वटै परिवारका घर, पहिरोले बगाएर क्षति पु¥याएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए। २० परिवार बसोबास गर्ने सिङ्गो गाउँ नै सार्नु पर्ने गरी विस्थापित बनेको थापाको भनाइ छ। उपाध्यक्ष थापा नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेको छ। अधिकांश घर भत्किसकेको र केही पहिरोले पुरिएको अवस्थामा रहेका छन्। २० वटै परिवार अहिले गाउँ नजिकैको खुला चौर र गोठखरकमा बास बसिरहेको अवस्था रहेको छ। 

नजिकै बस्नलाई सुरक्षित जमिन पनि नभएको र सोही स्थानमा बस्न पहिरोको डर भएकाले नयाँ विकल्प खोजी गर्न जरुरी रहेको उपाध्यक्ष थापाको भनाइ छ। 

तत्कालका स्थान्तरण गर्न जरुरी देखिए पनि दीर्घकालीन समाधानका लागि बस्ती नै सारेर अर्को विकल्प तय गर्नुपर्ने गाउँपालिकाको तयारी छ। घर पहिरोमा पुरिएर क्षति भए पनि स्थानीयलाई खान बस्नसँगै लगाउने कपडाको समेत समस्या देखिएको छ। गाउँको बीचको पुल बगाएर आवतजावत समस्या भएपनि स्थानीय सुरक्षित अवस्थामा रहेको पाइएको छ।

सिमजस्तो उठिबास नै अजय टोट्की गाउँमा नभएको बताइएको छ। सिमका २० परिवारका लागि खान बस्नमात्र समस्या देखिएको छ। पालसहित खाद्यान्न र लत्ताकपडासहित आवश्यक छ। सिममा १२३ जनाको बसोबास छ उनीहरु सबै घर बाहिर खुला आकाशमा बस्न बाध्य छन्। सिङ्गो बस्ती नै उठिबास भए पनि बालबालिका, वृद्धवृद्धा, गर्भपती तथा सुत्केरीका लागि बढी समस्या भएको छ।

पाँच दिनसम्म राहत पाएनन्

अविरल वर्षाका कारण गौमूल गाउँपालिका–२ सिम गाउँमा बाढी पहिरोबाट विस्थापित परिवारले पाँच दिनसम्म राहत पाएका छैनन्। साउन २५ गते रातिको अविरल वर्षाका कारण गाउँको माथिबाट आएको पहिरोले २० परिवारका घर बगाएको गौमूल गाउँपालिका उपाध्यक्ष सीता थापाले बताए।

पाँच दिनसम्म पालसमेत नपाएको पीडितले बताएका छन्। बूढीगङ्गा नदीको मुहान हँुदै आएको बाढी र कुहुर्नामा आएको पहिरोले बूढीगङ्गा नदी थुनिँदै आएकोले सिममा पनि नदी थुनिएर ताल बनेपछि सिम गाउँ नै विस्तापित भएको छ, खेतीयोग्य जमिन र गाउँ पूरै बगर बनेको छ। 

राहतको लागि गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया काठमाडाँैमा धाइरहेका छन्। बाजुरा जिल्लाका प्रतिनिधि सभा सदस्य लालबहादुर थापालगायत बाजुरा जिल्लाका नेताको पहल भइरहेको गाउँपालिकाले जानकारी दिएको छ।

प्रतिक्रिया