Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बैतडीमा १ सय ३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु

बैतडीमा १ सय ३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु

बैतडी । बैतडीमा १३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु भेटिएका छन । जिल्लमा २६९ ओटा खानेपानीका मूहान परीक्षण गर्दा १३६ मूहानमा भेटिए दिसाका जिवाणु भेटिएका  हुन ।  जिल्लाका १० ओटै स्थानीय तहका खानेपानीका मूहान परीक्षण गर्दा दिसामा पाइने इ–कोली जिवाणु पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

स्वास्थ्य कार्यालयले गएको महिना २६९ ओटा मूहानको पानी परीक्षण गर्दा १३६ ओटा मूहानमा दिसामा पाइने जिवाणु भेटिएको हो । नागरिकले उपभोग गर्ने खानेपानीका मूहानमा दिसामा पाइने जिवाणु भेटिएकाले पानीजन्य रोगहरुको जोखिम समेत बढ्दै गएको उनले बताए । बैतडी खुला दिसामुक्त जिल्ला घोषणा भएको भएपनि पानीका मूहानहरुमा भने दिसामा भेटिने जिवाणु भेटिएका छन् ।

कुनै न कुनै माध्यमबाट मानिसको दिसा पानीका मूहानमा मिसिने भएकाले पानीमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अझै पनि खुला रुपमा दिसा गर्ने कार्य पूर्णतः बन्द नहुँदा समस्या भइरहेको छ । महिनावारी भएको बेला महिलाहरुले अझै शौचालय प्रयोग नगर्ने स्थिती कायमै रहेको छ । यस्तै शौचालयको ढल निकासहरु पानीका श्रोतहरुमा छोड्दा यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकाका ३४ ओटा मूहानको पानी परीक्षण गर्दा ११ ओटामा दिसामा पाइने जिवाणु भेटिएको छ । यस्तै पुर्चौंडीका ३० मध्ये १२,पाटन नगरपालिकाका २९ मध्ये १३, मेलौली नगरपालिकाका ३१ मध्ये १७ र पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४ ओटा मूहानमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

यस्तै शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०,सुर्नया गाउँपालिकाका २४ मध्ये १७, दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ मध्ये १२ मूहानमा दिसाका जिवाणु भेटिएका छन् । मानिसले प्रयोग गर्ने पानीमा दिसाका जिवाणु भेटिएकाले झाडापखाला, आउँ, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

खानेपानीका मूहानमा दिसाका जिवाणु भेटिएपछि खानेपानी सुरक्षा योजना निर्माणको तयारी भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसंगको समन्वयमा स्वास्थ्य कार्यालयले योजना निर्माणको तयारी गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । जिल्लाका १० ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको बैठक बोलाएर खानेपानी सुरक्षा योजना निर्माण गरिने उनले बताए । 
 

प्रतिक्रिया