Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बैतडीमा १ सय ३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु

बैतडीमा १ सय ३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु

बैतडी । बैतडीमा १३६ पानीका मूहानमा भेटिए दिसाका जिवाणु भेटिएका छन । जिल्लमा २६९ ओटा खानेपानीका मूहान परीक्षण गर्दा १३६ मूहानमा भेटिए दिसाका जिवाणु भेटिएका  हुन ।  जिल्लाका १० ओटै स्थानीय तहका खानेपानीका मूहान परीक्षण गर्दा दिसामा पाइने इ–कोली जिवाणु पाइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

स्वास्थ्य कार्यालयले गएको महिना २६९ ओटा मूहानको पानी परीक्षण गर्दा १३६ ओटा मूहानमा दिसामा पाइने जिवाणु भेटिएको हो । नागरिकले उपभोग गर्ने खानेपानीका मूहानमा दिसामा पाइने जिवाणु भेटिएकाले पानीजन्य रोगहरुको जोखिम समेत बढ्दै गएको उनले बताए । बैतडी खुला दिसामुक्त जिल्ला घोषणा भएको भएपनि पानीका मूहानहरुमा भने दिसामा भेटिने जिवाणु भेटिएका छन् ।

कुनै न कुनै माध्यमबाट मानिसको दिसा पानीका मूहानमा मिसिने भएकाले पानीमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । अझै पनि खुला रुपमा दिसा गर्ने कार्य पूर्णतः बन्द नहुँदा समस्या भइरहेको छ । महिनावारी भएको बेला महिलाहरुले अझै शौचालय प्रयोग नगर्ने स्थिती कायमै रहेको छ । यस्तै शौचालयको ढल निकासहरु पानीका श्रोतहरुमा छोड्दा यस्तो भएको हुन सक्ने अनुमान गरिएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकाका ३४ ओटा मूहानको पानी परीक्षण गर्दा ११ ओटामा दिसामा पाइने जिवाणु भेटिएको छ । यस्तै पुर्चौंडीका ३० मध्ये १२,पाटन नगरपालिकाका २९ मध्ये १३, मेलौली नगरपालिकाका ३१ मध्ये १७ र पञ्चेश्वर गाउँपालिकाका १८ मध्ये १४ ओटा मूहानमा इ–कोली जिवाणु भेटिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए । 

यस्तै शिवनाथ गाउँपालिकाका १८ मध्ये १२, सिगास गाउँपालिकाका ३७ मध्ये १०,सुर्नया गाउँपालिकाका २४ मध्ये १७, दोगडाकेदार गाउँपालिकाका २७ मध्ये १८ र डिलाशैनी गाउँपालिकाका २१ मध्ये १२ मूहानमा दिसाका जिवाणु भेटिएका छन् । मानिसले प्रयोग गर्ने पानीमा दिसाका जिवाणु भेटिएकाले झाडापखाला, आउँ, हैजा, टाइफाइड जस्ता पानीजन्य रोगको जोखिम बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताए । 

खानेपानीका मूहानमा दिसाका जिवाणु भेटिएपछि खानेपानी सुरक्षा योजना निर्माणको तयारी भएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसंगको समन्वयमा स्वास्थ्य कार्यालयले योजना निर्माणको तयारी गरेको स्वास्थ्य प्रमुख भट्टले बताए । जिल्लाका १० ओटै पालिकाका स्वास्थ्य शाखा प्रमुखसहितको बैठक बोलाएर खानेपानी सुरक्षा योजना निर्माण गरिने उनले बताए । 
 

प्रतिक्रिया