ताजा अपडेट
सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चारजना बेपत्ता
काठमाडौं। सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकोप्टर दुर्घटना भएको छ ।प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ ।
प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार सदस्यको कुनै अत्तोपत्तो नलागेको जनाएको छ। क्विन्सल्यान्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकोप्टरका धेरै भग्नावशेष फेलापारेको र चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् ।
क्विन्सल्यान्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका ३० हजारभन्दा बढी सैनिक सहभागी छन् ।
शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया