Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बाजुरामा नवजीवन सहकारी र ऋणीबिच बिवाद चुलियो

बाजुरामा नवजीवन सहकारी र ऋणीबिच बिवाद चुलियो

बाजुरा। बाजुरामा नवजीवन बहुउद्देश्यीय सहकारी सस्था र शेयर सदस्य समेत रहेका ऋणी बिच बिबाद चुलिएको छ। सस्थाको विनियम बिपरित मनोमानी तरिकाले रकम चलाएर हिनामीना गरेको भन्दै गएको ऋणी सदस्यहरुले संस्थाका अध्यक्ष महेश शाही बिरुद्ध उजुरी दिएका छन्।

गएको असार १३ गते अध्यक्ष शाही बिरुद्ध ऋणी सदस्यहरुले राष्ट्रिय भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा मनोमानी तरिकाले रकम चलाएको भन्दै दिएका हुन्। बाजुरामा १ हजार बढी शेयर सदस्यहरु रहेको सस्थाको हित बिपरित काम गरि व्यक्तिगत लाभ लिने काम गरेको भन्दै शेयर सदस्यको अरोप छ। बाजुराको बडिमालिका नगरपालिका, जिल्ला प्रशासन कार्यालय, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायत अन्य सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराँउदा र निवेदन दर्ता गरेको एक महिना भईसक्दा कसैले चाँसो नदेखाएको उजुरी कर्ताको भनाई छ।

सहकारी संस्थाको विनियममा उल्लेखित उदेश्य र कार्यहरु विपरीत संस्थाको कार्य संचालन गर्दै आएको, संस्थागत निणर्य नै नगरी नातेदार र आफ्ना पक्षका राजनैतिक आस्था बोकेका ब्यक्तिलाई मात्र बाख्रा वितरण गरेको र बाख्रा खरीदको हिसाव किताव पारदर्शीत नभएको र वजेट दिने निकायका बारेमा समेत शेयर सदस्य र लेखा समितीलाई जानकारी नगराएको निबेदनमा उल्लेख छ । यस्तैसहकारीको ऐन नियममा बहुउदेश्यीय सहकारी संस्थाले मुख्य कारोवारोमा बचत तथा ऋण गर्न नपाइने व्यवस्थाको पालना गर्नुको सट्टा मनोमानी रुपमा बचत तथा ऋणको मात्र कारोवार गर्ने गरेको निवेदनमा उल्लेख गरिएको छ।

त्यसै गरी सहकारी संस्थामा विभिन्न निकायले दिएको आर्थिक सहयोग जुन प्रयोजनका लागि भनिएको हो उक्त कार्य नै नगरी आफु खुशी अन्य प्रयोजनमा खर्च गरेको र शेयर सदस्यलाई जानकारी नगराईएको, आफन्तलाई कागजी प्रकृया नपुगाई वा धितो नलिइ ऋण लगानी गरेको र कृते कागजात तयार गर्ने गरेको, नियमीत रुपमा साधारण सभा वा अधिवेशन गर्न नमानेको वा नगरेको आरोप लगाएको छ।२०७२ साल देखी हालसम्म शेयर सदस्यको उपस्थीती नै नगरी वा सभा नै नबोलाई गोप्य रुपमा कागजी सभा गरेको, आफ्ना विरोधी संचालक समिति, लेखा समिति र शेयर सदस्यलाई विना कसुर कारवाही गर्ने गरेको साथै इज्जत र प्रतिष्ठा माथि आँच आउने कार्य गरेको गरेको निबेदनमा भनिएको छ।

त्यस्तै विगत ८ वर्ष देखि आफु मात्र अध्यक्ष भई संचालक समितिलाई समेत काम गर्न नदिइ संस्थालाई निजि कम्पनी जस्तै चलाएको, संस्थाको छाप लेटर प्याड र अन्य कागजतको दुरुपयोग गर्ने गरेको, अध्यक्षले नियमित रुपमा संस्थाबाट तलव लिने गरेको र समयमा लेखापरिक्षण समेत नगरेको वा नगराएको कर्मचारीलाई नियमित तलव नदिएको, आफ्ना नातेदारलाई कर्मचारी राखेको र संस्थाका लागी खरीद गरेका सामाग्रीमा रकम हिनामिना गर्ने गरेको बचत कर्तालाई व्याज नदिनुका साथै शेयर पुजीको लाभांश वितरण नगरेको, सहकारीको सप्टवयर प्रयोग नगरी हिसाव राख्ने गरेको उल्लेख छ। शेयर कर्ताले बचत गरे वाफतको रकम पटक पटक माग गर्दा समेत फिर्ता नदिएको आफ्नो नामको वेरुजु फर्छ्योट नगरेको,संचार खर्च र अन्य हिसाव किताव नदेखीएको, शेयर सदस्य तथा बचत कर्तालाई आफ्नो वचत लिन आउदा कर्मचारीले गाली गलौच, धम्की र अपशव्द बोल्ने गरेको साथै मानसिक टर्चर दिने गरेको गर्ने गरेको बताएको छ।

जग्गा खरीद गर्दा संसद विकास कोषको रकम हाल्न लगाएको तर सही हिसाव किताव रेकडमा नराखी सामान खरीदमा समेत भष्टाचार गरेको र संस्थाको कार्यालय कही कतै अनुमति नलिइ मार्तडीमा गैह कानुनी तरिकाले संचालन गरेको तर विनियममा गोत्री ९ मा लेखीएको गरी १८ वटा बुँदामा निबेदन दिएको छ । यता अध्यक्ष शाहीले भने आफु माथि लगाएको आरोप निराधार रहेको बताएका छन्। मिथ्या आरोप लगाएर व्यक्तिको बदनाम गर्न खोजेको दावी गरेका छन् । अध्यक्ष शाहीले आफु बिरुद्ध गलत प्रचार गर्न खोजेको बताएका छन्। आफु माथि लगाएका सवै आरोपहरुको जवाफ दिन तयार रहेको बताउदै यदि आफुमाथि लगाएका आरोपहरु सत्य पुष्टि भएमा सजाएको भागेदार हुन तयार रहेको शाहीले बताए।

प्रतिक्रिया