Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा सांसद र सरकार खोज्दै प्रदर्शन गरे

बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा सांसद र सरकार खोज्दै प्रदर्शन गरे

बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा सांसद र सरकार खोज्दै प्रदर्शन गरेका छन्। बाजुराको समस्या र सवालमा सांसदहरुको चासो र सरोकार नदेखिएपछि बाजुराका युवाहरुले विरोधसहित प्रदर्शन गरेका हुन्।

विमान नआइ मर्नु पर्ने, आजको युगमा पनि बत्ती देख्न नपाउनु पर्ने, अस्तव्यस्त सडक, संभावना भएको जिल्लाले समस्या मात्रै सुनाउनु पर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। काठमाडौंमा अध्ययन गरिरहेका युवाहरुले हातमा प्लेकार्डसहित प्रदर्शन गरेका छन्। 
सरकार र सांसदको ध्यानाकर्षण गराउन बाध्य भएर आफ्नै जिल्लाका सांसद र वर्तमान सरकारका विरुद्धमा सडकमा आउनु परेको उनीहरुले बताएका छन्। उनीहरुले बाजुराका समस्या र सवाल लेखिएका प्यलेकार्ड हातमा राखेर विरोध गरेका थिए। बाजुराबाट प्रतिनिधी सभामा प्रत्यक्ष तर्फ बद्री पाण्डे र समानुपातिक तर्फ दयाल शाहीले प्रतिनिधित्व गर्ने गरेका छन्।

बाजुरा र बाजुरीली समाजका समस्या सुन्ने अवस्थामा वर्तमान सरकार र सांसद नदेखिएपछि खोजी गर्न देशको राजधानीमा प्रदर्शन गरेको युवाहरुको भनाइ छ। जिल्लाबाट दुई जना सासंद संसदमा भएपनि समस्याका मुद्दा नउठाएका गुनासो युवाहरुको छ।  जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी कार्कीको विमान कुर्दाकुर्दै मृत्यु भएको थियो। पाण्डे र शाहीको गृह पालिकासँग कोल्टी विमान स्थलमा जोडिएको छ। तर नियमित उडान नभएकाले जिल्लाका बिरामी तथा नागरिकले दुःख पाउने गरेका छन्। 

प्रतिक्रिया