Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा सांसद र सरकार खोज्दै प्रदर्शन गरे

बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा सांसद र सरकार खोज्दै प्रदर्शन गरे

बाजुराका स्वतन्त्र युवाहरुले माइतीघर मण्डलामा सांसद र सरकार खोज्दै प्रदर्शन गरेका छन्। बाजुराको समस्या र सवालमा सांसदहरुको चासो र सरोकार नदेखिएपछि बाजुराका युवाहरुले विरोधसहित प्रदर्शन गरेका हुन्।

विमान नआइ मर्नु पर्ने, आजको युगमा पनि बत्ती देख्न नपाउनु पर्ने, अस्तव्यस्त सडक, संभावना भएको जिल्लाले समस्या मात्रै सुनाउनु पर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। काठमाडौंमा अध्ययन गरिरहेका युवाहरुले हातमा प्लेकार्डसहित प्रदर्शन गरेका छन्। 
सरकार र सांसदको ध्यानाकर्षण गराउन बाध्य भएर आफ्नै जिल्लाका सांसद र वर्तमान सरकारका विरुद्धमा सडकमा आउनु परेको उनीहरुले बताएका छन्। उनीहरुले बाजुराका समस्या र सवाल लेखिएका प्यलेकार्ड हातमा राखेर विरोध गरेका थिए। बाजुराबाट प्रतिनिधी सभामा प्रत्यक्ष तर्फ बद्री पाण्डे र समानुपातिक तर्फ दयाल शाहीले प्रतिनिधित्व गर्ने गरेका छन्।

बाजुरा र बाजुरीली समाजका समस्या सुन्ने अवस्थामा वर्तमान सरकार र सांसद नदेखिएपछि खोजी गर्न देशको राजधानीमा प्रदर्शन गरेको युवाहरुको भनाइ छ। जिल्लाबाट दुई जना सासंद संसदमा भएपनि समस्याका मुद्दा नउठाएका गुनासो युवाहरुको छ।  जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उच्च रक्तचापका बिरामी कार्कीको विमान कुर्दाकुर्दै मृत्यु भएको थियो। पाण्डे र शाहीको गृह पालिकासँग कोल्टी विमान स्थलमा जोडिएको छ। तर नियमित उडान नभएकाले जिल्लाका बिरामी तथा नागरिकले दुःख पाउने गरेका छन्। 

प्रतिक्रिया

ट्रेन्डिङ