Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १५ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

कैलालीमा ‘एक्टिभ संक्रमित’ २ सय भन्दा कम, जोरबिजोर र रातिको आवागमन के हुन्छ ?

कैलालीमा ‘एक्टिभ संक्रमित’ २ सय भन्दा कम, जोरबिजोर र रातिको आवागमन के हुन्छ ?

धनगढी : सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमित रहेको कैलालीमा संक्रमण मुक्त हुनेको संख्या एक हजार एक सय ६५ पुगेको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा एक हजार एक सय ६५ संक्रमित निको भएर घर फर्किएका हुन्।

बिहिवार जिल्लाका ६२ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जिल्लामा एक हजार तीन सय ४९ जना संक्रमित रहेकोमा अव ‘एक्टिभ केस’ अर्थात संक्रिय संक्रमित भने एक सय ८० मात्रै रहेका छन्।

एक्टिभ केसको संख्या दुई सय भन्दा बढि भएकाले जिल्लामा जोरबिजोर प्रणाली र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको थियो। तर जिल्ला प्रशासन कार्यालयले भने एक्टिभ संक्रमित दुई सय भन्दा कम भएपनि जोरबिजोर प्रणाली लागु हुने जनाएको छ।

कार्यालयका सूचना अधिकारी शिवराज जोशीले रातिको आवागमनमा समेत रोक लगाउने निर्णय यथावत रहने बताए।

‘धनगढीमा रहेका प्रयोगशाला मार्फत सुदूरपश्चिमका नौँ वटै जिल्लाबाट संकलित स्वाब मात्रै परीक्षण भईरहेको छ,’ उनले भने, ‘कैलालीमा संकास्पद व्यक्ति धेरै भएपनि परीक्षण बढ्न नसकेकोले फेरी एक्टिभ संक्रमितको संख्या केही दिनमै बढ्न सक्छ। त्यसैले जोरबिजोर र रातिको आवागमनको निर्णय यथावत हुन्छ।’ 

यस्तै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार एक सय ५१ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अछामका ६ सय ६७, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ७२, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।  दिनेश खबर

प्रतिक्रिया