Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलालीमा ‘एक्टिभ संक्रमित’ २ सय भन्दा कम, जोरबिजोर र रातिको आवागमन के हुन्छ ?

कैलालीमा ‘एक्टिभ संक्रमित’ २ सय भन्दा कम, जोरबिजोर र रातिको आवागमन के हुन्छ ?

धनगढी : सुदूरपश्चिममा सबैभन्दा बढि कोरोना संक्रमित रहेको कैलालीमा संक्रमण मुक्त हुनेको संख्या एक हजार एक सय ६५ पुगेको छ। सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार जिल्लामा एक हजार एक सय ६५ संक्रमित निको भएर घर फर्किएका हुन्।

बिहिवार जिल्लाका ६२ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जिल्लामा एक हजार तीन सय ४९ जना संक्रमित रहेकोमा अव ‘एक्टिभ केस’ अर्थात संक्रिय संक्रमित भने एक सय ८० मात्रै रहेका छन्।

एक्टिभ केसको संख्या दुई सय भन्दा बढि भएकाले जिल्लामा जोरबिजोर प्रणाली र राति ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमनमा रोक लगाइएको थियो। तर जिल्ला प्रशासन कार्यालयले भने एक्टिभ संक्रमित दुई सय भन्दा कम भएपनि जोरबिजोर प्रणाली लागु हुने जनाएको छ।

कार्यालयका सूचना अधिकारी शिवराज जोशीले रातिको आवागमनमा समेत रोक लगाउने निर्णय यथावत रहने बताए।

‘धनगढीमा रहेका प्रयोगशाला मार्फत सुदूरपश्चिमका नौँ वटै जिल्लाबाट संकलित स्वाब मात्रै परीक्षण भईरहेको छ,’ उनले भने, ‘कैलालीमा संकास्पद व्यक्ति धेरै भएपनि परीक्षण बढ्न नसकेकोले फेरी एक्टिभ संक्रमितको संख्या केही दिनमै बढ्न सक्छ। त्यसैले जोरबिजोर र रातिको आवागमनको निर्णय यथावत हुन्छ।’ 

यस्तै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार एक सय ५१ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार अछामका ६ सय ६७, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ७२, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।  दिनेश खबर

प्रतिक्रिया

ट्रेन्डिङ