Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ३१ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कञ्चनपुरमा ‘एडिज’ लामखुट्टेको  लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

कञ्चनपुरमा ‘एडिज’ लामखुट्टेको  लार्भा सङ्कलन : जापानमा अध्ययन हुने

कञ्चनपुर । कञ्चनपुरमा अध्ययनका लागि डेङ्गु रोग सार्ने एडिज लामखुट्टेको लार्भा सङ्कलन गरी प्रयोगशालमा राख्ने कार्य गरिएको छ । सुदूरपश्चिम प्रदेशको ‘इन्टोमोलोजी टिम’ले भीमदत्त नगरपालिका–१८ स्थित महेन्द्रनगर बजार क्षेत्रबाट डेङ्गु, चिकनगुनिया, जिन्क एलोफिवर सार्ने एडिज लामखुट्टेका लार्भा सङ्कलन गरी प्रयोगशालामा राखेको हो । 

लार्भाबाट वयस्क लामखुट्टे उत्पादन भएपछि त्यसमा डेङ्गु भाइरसको सङ्क्रमणको अवस्थाबारे अध्ययन गरिने छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालायका ‘भेक्टर कन्ट्रोल’ अधिकृत हेमराज जोशीका अनुसार विगतका वर्ष नेपालका ७७ वटै जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिएको थियो । यसैबेलादेखि डेङ्गु रोग सार्ने एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टे सङ्क्रमित भएका थिए । 

ती सङ्क्रमित लामखुट्टेका लार्भा अहिले पानी परेपछि वयस्क हुने क्रममा रहेका छन् । “वयस्क हुन खोजेका लामखुट्टेको लार्भामा सङ्क्रमण छ कि छैन भन्नेबारे अध्ययन गर्न सङ्कलनको कार्य गरेका छौँ”, उनले भने, “यस प्रकारको अध्ययन नेपालमा सम्भव नभएकाले जापानको भाइरोलोजीसम्बन्धी प्रयोगशालासँग समन्वय गरी अध्ययन गरिने भएको छ ।”

निर्देशानालायका भेक्टर कन्ट्रोल अधिकृत जोशीका अनुसार डेङ्गु रोग भाइरसको कारणले लाग्ने गर्दछ ।  विभिन्न चार प्रकारको भाइरसले मानिसलाई डेङ्गु रोगबाट सङ्क्रमित गराउन सक्छ । यो भाइरस एक मानिसबाट अर्को मानिसमा सार्ने काम सङ्क्रमित एडिज लामखुट्टेले गर्दछ । एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेले रोग सार्ने कुरा प्रमाणित भएको उनले बताए।

“एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टसले डेङ्गु रोग सार्नका लागि लामखुट्टे डेङ्गु भाइरसबाट सङ्क्रमित हुनुपर्दछ”, उनले भने, “लामखुट्टे सङ्क्रमित हुनका लागि कुनै डेङ्गु रोग लागेको मानिसलाई टोक्नुपर्ने हुन्छ, एकपटक वयस्क लामखुट्टे डेङ्गु भाइरसबाट सङ्क्रमित भएपछि त्यसबाट जन्मिने बच्चामा स्वतः सङ्क्रमण आउने गरेको कुरा विभिन्न विद्वानहरूले पत्ता लगाएका छन् ।”

यही सङ्क्रमण पत्ता लगाउन लामखुट्टेको लार्भा  सङ्कलन गरेर वयस्क लामखुट्टेमा सङ्क्रमण छ कि छैन भनी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयअन्तर्गत स्थापना गरिएको इन्टोमोलोजी प्रयोगशालाले अध्ययनको काम सुरु गरेको उनको भनाइ छ । 

एडिज एजिप्टाइ र एडिज आल्बोपिक्टस लामखुट्टेको अण्डाहरू नौ महिनाभन्दा लामो समयसम्म सुक्खा भाँडोमा पनि बाँच्न सक्ने अध्ययनले देखाएको छ । घर र कार्यालय वरिपरि पानी जम्ने भाँडामा एडिज एजिप्टाइले फुल पार्ने गर्दछ । यही फुलबाट वयस्क लामखुट्टे बाँच्न उचित तापक्रममा नौदेखि १० दिन लाग्छ ।

 वयस्क लामखुट्टे नै मानिसलगायत अन्य प्राणीको रगत खाने गर्दछ । रगत चुस्ने क्रममा नै मानिसलाई रोगको सङ्क्रमण आउने गर्दछ । सुदूरपश्चिम प्रदेशसँगै देशका अधिकांश प्रदेशमा डेङ्गु रोगको सङ्क्रमण प्रत्येक वर्ष देखिने गरेको छ । रोग फैलिन नदिनका लागि सफा पानीमा हुर्कने डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा नष्ट गर्नुपर्ने हुन्छ । असारदेखि असोज महिनासम्म डेङ्गु रोगको सङ्क्रमण बढ्न सक्ने उच्च जोखिम रहने गर्दछ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कानुसार प्रदेशका नौवटै जिल्लामा पछिल्लो समय डेङ्गु रोगबाट तीन सय १८ जना सङ्क्रमित भएका छन् । सबैभन्दा बढी दार्चुलामा एक सय ९०, कञ्चनपुरमा ५२, अछाममा ३१ र कैलालीमा २३ जनामा डेङ्गुको सङ्क्रमण भएको पाइएको छ ।

प्रतिक्रिया