Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

महाकालीको चार लेन पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पहुँचमार्गसँगै पुलको दुवैतर्फ पोखरी निर्माणको काम भइरहेको छ । दुवैतर्फ बन्ने पोखरीको गाइड बन्ड निर्माणाधीन अवस्थामा छ । अहिले गाइड बन्ड भरानको काम सकिएर नदीतर्फको भागमा प्लम कंक्रिट (डुंगा र कंक्रिट मिसाएर बनाइने ब्लक) राख्ने काम भइरहेको महाकाली पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सीएफईसी जेभीका इन्जिनियर किशोर पाण्डेले बताए ।

‘अहिले बर्खाका कारण काम बन्द भएको छ, साउन १५ पछि सुरु हुन्छ,’ पाण्डेयले भने, ‘दुवैतर्फको पोखरीको गाइड बन्ड भरानको काम सकिएको छ, प्लम कंक्रिट राख्न मात्रै बाँकी छ ।’ प्लम कंक्रिट पनि आधा भागसम्म राखिसकिएको उनको भनाइ छ ।

पुलको दुवैतर्फ निर्माण हुने २६/२६ सय मिटर लम्बाइका पोखरीका लागि गाइड बन्ड (बाँध) निर्माण गर्नुपरेको हो । बाँधमा पोखरीतर्फ ग्राभेल मात्रै रहने र नदीतर्फको भागमा कटान रोक्न प्लम कंक्रिट राख्ने काम भइरहेको इन्जिनियर पाण्डेयले बताए । यसअघि उक्त भागमा २५० किलोभन्दा बढी तौलका ढुंगाको गाइड बन्ड बनाउने डिजाइन गरिएको थियो । ठूलो ढुंगा नभेटिएर काम प्रभावित भएपछि डिजाइन परिवर्तन गरिएको हो ।

अहिले ग्राभेलको बाँध बनाएर नदीतर्फ प्लम कंक्रिट राखिएको संरचनाले महाकालीको बहाव धान्न सक्छ वा सक्दैन भन्ने विषयमा पनि स्थानीयमा चासो बढेको छ । दुई वर्षअघि महाकालीमा भीषण बाढी आउँदा पुलको पहुँचमार्ग भत्काएको थियो । त्यतिबेला महाकालीमा पानीको बहाव सय वर्षयताकै बढी ५ लाख ४७ हजार क्युसेक पुगेको थियो । नदी बस्ती पसेको थियो । त्यतिबेला गाइड बन्ड निर्माण भएको थिएन । प्लम कंक्रिटसहितको बाँधले ५ लाख ८५ हजार क्युसेकसम्मको बहाव धान्न सक्ने निर्माण कम्पनीका इन्जिनियर पाण्डेय बताउँछन् । नदी पनि अहिले पूर्वबाट पश्चिमतर्फ सरिरहेको छ । ‘नदी पुलको बीचभागमा पुगे दुवैतर्फ सुरक्षित हुन्छ, यो बाँध पनि कमजोर छैन,’ उनले भने, ‘दुई वर्षअघि जस्तै बाढी आए पनि थेग्न सक्छ ।’ २६ सय मिटर लम्बाइको बाँधको उचाइ ७ मिटर छ । गड्डाचौकीदेखि दोधारा चाँदनीको मलेरिया नालासम्मको पुलसहितको ८ किलोमिटर पहुँचमार्गमध्ये अब १७ सय मिटरमा मात्रै कालोपत्रको काम गर्न बाँकी छ । गाइड बन्डसँगै पोखरीभित्रका अन्य संरचना निर्माणको काम सकिएपछि कालोपत्र थालिने निर्माण कम्पनीले जनाएको छ । पुलको दुवैतर्फको भागमा कालोपत्र गर्न बाँकी छ । महेन्द्रनगरतर्फको भाग दुई वर्षअघि महाकालीको बाढीले बगाएको थियो । पुनः भरान गरेर कालोपत्रका लागि तयार पारिएको छ । तीन वर्षअघिदेखि नै पुलमा आवागमन चलिरहेको छ । पुलमै निर्माणको काम चलिरहेका बेला केही अवरोध हुने भएपछि अन्य समयमा भने दोधारा चाँदनीवासीका लागि पुलले निकै राहत पुर्‍याएको छ । महाकालीपारिको बस्तीलाई यही पुलले सडक सञ्जालसँग जोडेको छ ।

चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा पनि हेरिएको छ । पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला सुक्खा बन्दरगाहको काम तीन वर्षभित्र सक्ने सम्झौता भएको छ । भारतले निर्माण गर्ने सुक्खा बन्दरगाहको डीपीआर निर्माणको अन्तिम चरणमा छ ।

सुक्खा बन्दरगाह निर्माणपछि दोधारा चाँदनीसँगै सुदूरपश्चिमकै आर्थिक विकासमा ठूलो फाइदा पुग्ने राजनीतिक दलका नेता र व्यवसायीले बताउँदै आएका छन् । अहिले वीरगन्ज र भैरहवा हॅुँदै नेपाल भित्रिएर आइरहेको मालसामान तथा कच्चापदार्थ दोधारा चाँदनीबाट भित्रिँदा दूरी आधा घटेर ढुवानी भाडासमेत कम हुने व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया