Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०९ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

धनगढीबाट टिकटकमा जमेका देवर-भाउजु

धनगढीबाट टिकटकमा जमेका देवर-भाउजु

कृष्णसिंह धामी

छोटो भिडिओ पोष्ट गर्ने एप टिकटक यतिबेला निकै लोकप्रिय छ। विश्वभर यसका प्रयोगकर्ता बढिरहेका छन्। नेपालमा पनि यसले बलियो उपस्थिति जनाउँदै आएको छ। 

नेपालीहरूले यो एप प्रयोग गर्न थालेको दुई वर्ष भन्दा बढी भयो। तर, पछिल्लो समय भने निकै लोकप्रिय बन्दै गएको छ। यतिबेला टिकटक आफ्नो कला प्रस्तुत गर्ने मात्र नभएर पैसा कमाउने माध्यम पनि बन्दै गएको छ।

यसैबाट थुप्रैले अन्य क्षेत्रमा राम्रो अवसर पाएका छन्। केहीले म्यूजिक भिडिओमा काम पाउन थालेका छन् भने केहीले चलचित्रमा नै काम गर्ने अवसर पनि पाइसकेका छन्। टिकटक यतिबेला बहुउपयोगी बन्दै गएको छ। 

धेरैले टिकटक सेलिब्रेटीको दर्जा समेत पाएका छन्। यहि भीडमा लोकप्रिय बन्दै गएका पात्र हुन्– पूजा काफ्ले र आदित्य गड्तौला। टिकटकमा देवर भाउजुको अभियनमा चर्चामा छन्। 

दुई वर्षदेखि टिकटकमा भिडिओ पोष्ट गर्दै आएकी पूजाले अहिलेसम्म ४८० भिडिओ बनाइसकेकी छिन्। एक लाख १७ हजार फलोअर रहेका देवर भाउजुको अभिनय धेरैको रोजाईमा पर्छ। 

पूजाले देवरको अभियनकै कारण यसलाई निरन्तरता दिइरहेकी छिन्। फार्मेसी पढेर धनगढीमा फार्मेसी खोलेर बसेकी पूजाले फुर्सदको समयमा टिकटक बनाउँछिन्।

उनले बनाउने टिकटक सन्देशमुलक मात्र हुन्छन्। जसमा आदित्यले साथ दिदैं आएका छन्। “दुई वर्षदेखि टिकटक बनाउँदैं आएकी थिएँ। चर्चामा आएको त सात महिना जति भयो,” पूजाले भनिन्, “सन्देशमुलक तथा कमेडी खालको टिकटक बनाउन थालेपछि धेरैको रोजाईमा पर्न थाल्यौं।”

पूजाको डेढ वर्षअघि झापामा विवाह भयो। विवाहपछि व्यवसाय गर्नका लागि श्रीमान र देवर (सानीमा सासूको छोरा) आदित्यसँगै धनगढी आए। धनगढीमा फार्मेसी सञ्चालन गर्दै आए। अस्ट्रेलियाको भिषा आवेदन अस्वीकृत भएपछि उनीहरू धनगढीमा फार्मेसीसँगै अन्य व्यवसाय गर्नतिर लागे। 

आदित्य सानैदेखि अभिनयमा निकै पोख्त थिए। पूजा पनि सामान्य एक्टिङ गरेर भिडिओ त बनाउँथिन्। तर, खासै मन पराइएको थिएन्। जब आदित्यसँग मिलेर भिडिओ बनाउन थालिन्, त्यसपछि भने उनीहरू दुवैजना टिकटक सेलिब्रेटी नै बन्न पुगे। “देवर बाबु र म दुवै मिलेर भिडिओ बनाउन थालेपछि भने धेरैले मन पराउनु थाल्नुभयो। त्यसपछि हामीले दिने कन्टेन पनि अलि विचार गरेर मात्र बनाउन थाल्यौं”, उनले भनिन्। 

देवरकै लागि टिकटक

कक्षा ९ मा अध्ययनरत आदित्य कोरोना महामारीका कारण फुर्सदमा छन्। दिनभर भाउजुसँगै मेडिकलमा बस्छन्। त्यहाँ रहँदा उनी कुनै न कुनै काम गरिरहेकै हुन्छन्।  उनी अभियनमा विशेष रूचि राख्छन्। उनको त्यो रूचीकै कारण पूजाले इनकरेज गर्दै टिकटक बनाउँछन्। 

“देवरबाबु अभिनयमा एकदमै रूचि राख्नुहुन्छ। यस्तो खालको अभियन गर्नुहोस् भन्दा एकपटकमै गर्न सक्नुहुन्छ। उहाँको भविष्यका लागि पनि फुर्सदको समयमा टिकटक बनाउँछौं” उनले भनिन्। 

उनी पनि स्क्रिप्ट राइटिङतर्फ रूचि राख्छिन्। समाजलाई मनोरञ्जन दिनुका साथै कसरी सन्देशमुलक बनाउने भन्नेमा उनको ध्यान केन्द्रित हुन्छ। “काम गर्दै गर्दा वा फुर्सदको समयमा दिमागमा केही कुरा आयो भने त्यसलाई टिकटक बनाइहाल्छौं। जसले गर्दा धेरैले रूचाउनुभएको छ”, उनले भनिन्। 

जब नराम्रो कमेन्ट आयो
पूजाले विवाह भएको केही समयसम्म आदित्यलाई तपाइइं भनेर बोलाउँथिन्। विस्तारै विस्तारै उनीहरूको सम्बन्ध देवर–भाउजुको भन्दा पनि आमा–छोराको जस्तो बन्न पुग्यो। 

विस्तारै विस्तारै उनीहरू साथी जस्तै बने। जसले गर्दा पूजाले उनलाई ‘त’ वा ‘तिमी’ भनेर बोलाउन थालिन्। त्यही आधारमा टिकटक पनि बनाए। तर, टिकटकका अन्य प्रयोगकर्तालाई मन परेन। 

उनीहरूले कमेन्टमा आफ्नै देवरलाई ‘त’ वा ‘तिमी’ भन्ने भनेर टिप्पणी गरे। पूजाले आफ्ना फ्यानलाई त्यसको जवाफ दिनुपर्‍यो। “टिकटक बनाउँदैं गर्दा हामीबीच निकटता निकै बढ्यो। जसले गर्दा मैले ‘त’ वा ‘तिमी’ भनेर सम्बोधन गर्न थाले। तर, मैले देवरलाई एकदमै माया गर्छु। उहाँले पनि निकै माया तथा सम्मान गर्नुहुन्छ,” उनले भनिन्। 

टिकटक बनाउने क्रममा धेरैले श्रीमानलाई किन नदेखाएको भन्दै कमेन्ट गर्छन्। तर, उनका श्रीमान हेमन्त भट्टराई टिकटकप्रति रूचि राख्दैनन्। “उहाँलाई यो प्रति रूचि हुँदैन। हामीलाई तिमीहरू बनाऊ, राम्रो गर भन्नुहुन्छ,” पूजाले भनिन्। 

टिकटक रमाइलो गर्ने माध्यममा मात्र नभएर करियरलाई बदल्न सक्ने माध्यम पनि भएको उनको भनाइ छ। “कयौं टिकटक सेलिब्रेटीले म्यूजिक भिडिओ तथा चलचित्र क्षेत्रमा काम गर्न थालेका छन्। यसमा राम्रो अभियन गर्न सकियो भने बरदान सावित हुनसक्छ,” उनले भनिन्। 

उनको चाहना भनेको देवरको सपना जसरी भए पनि साकार पार्ने हो। अभिनयप्रति बढी रूचि राख्ने देवरलाई भविष्यमा राम्रो कलाकार भएको देख्ने चाहना रहेको उनको भनाइ छ। देखापढीबाट साभार

प्रतिक्रिया