Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा मौसमी ज्वरोका बिरामी बढे

अछाममा मौसमी ज्वरोका बिरामी बढे

मंगलसेन - अछाममा मौसमी ज्वरोका बिरामी बढेका छन् । बर्खा लागेसँगै ज्वरो र रुघाखोकीका बिरामिको संख्या उल्लेख्य रुपमा बढेको जिल्ला अस्पताल अछामले जानकारी दीएको छ ।

मौसम परिवर्तन, दूषित पानी र खानपिनमा सतर्कता नअपनाउँदा मौसमी ज्वरोका बिरामी बढेको जिल्ला अस्पताल अछामका डाक्टर भुवन  जीसीले जानकारी दीनुभयो । उहाँका अनुसार अन्य सामान्य सीजनभन्दा अहिले ज्वरोका बिरामीको दर बढेको हो ।

जिल्ला अस्पतालमा अहिले दैनिक करिब ७० जना बीरामीहरु रुघाज्वरोको समस्या लिएर उपचारका लागि आउने गरेका छन् । उपचारका लागि आउने त्यस्ता बिरामीहरु प्राय जिल्लाका सबैजसो ठाउँका रहेको अस्पतालले जनाएको छ । डां जीसीका अनुसार अधिकांश बिरामी ३० देखि ४० वर्ष उमेर समुहका रहेका छन् ।

जिल्लाको मंगलसेन नगरपालिका, ढकारी गाउँपालिका, कमलबजार नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिका सहित अन्य ठाउँका बिरामीहरुको दैनिक अस्पतालमा घुईचो लाग्ने गरेको छ । यस्तो समस्या ल्याएर आउनेहरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखापर्ने गरेको डाक्टर जि.सीको भनाई छ ।

करिब १ महिना अगाडी दैनिक २०–२२ जना बिरामी उपचारका लागि अस्पताल आउने गरेकोमा अहिले त्यो संख्या तेब्बरले बढेको छ । उहाँले ज्वरो आएपछि ढीला गरी अस्पताल पुग्ने गरेका कारण आकष्मिक कक्षमा पनि बिरामिको संख्या बढेको बताउनुभयो । सीजनल रुखाखोकी र ज्वरो बाहेक स्क्रब टाइफस, दम, झाडापखाला जस्ता रोगका बिरामी पनि आउने गरेको अस्पतालले जनाएको छ ।

बर्षायामको समयमा विभिन्न रोगको संक्रमण बढी हुने भएकाले अस्पताल आउने बीरामीको संख्या पनि बढेको हो । यसैबिच डा. जिसीले यस्तो बेला संक्रमण बढ्न सक्ने तथा सर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

बाहीर हिँडडुल गर्दा मास्क लगाएर मात्रै हिड्ने, सफा खानेकुरा खाने, झोलिलो पदार्थको सेवन गर्ने र सरसफाइमा विशेष ध्यान दिने, उमालेको पानी पिउने, अरुले प्रयोग गरेका सामग्री प्रयोग नगर्ने तथा संक्रमितबाट टाढा रहने जस्ता उपाय अपनाएमा मौसम ज्वरोबाट बच्न सकिने उहाँको भनाई छ । यस्तै बढी ज्वरो आएमा स्वास्थ्य संस्थामा चेकजाँच गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया